उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धि सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली प्राविधिक जनशक्तिलाई नै रेल्वे सञ्चालनका लागि दक्ष बनाउने विषय सकारात्मक र महत्वपूर्ण भएको बताएका थिए । त्यसलाई आफूहरूले आत्मसात् गर्ने उनको भनाइ थियो । भेटका क्रममा रक्सौल–काठमाडौँ रेल्वे निर्माण सम्बन्धमा पनि प्रारम्भिक छलफल भएको छ ।

भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय राखेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १० : ५० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना