वीरगञ्जलाई पर्यटकीय एवं धार्मिकस्थलको रूपमा चिनाइने | Khabarhub Khabarhub

वीरगञ्जलाई पर्यटकीय एवं धार्मिकस्थलको रूपमा चिनाइने


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वीरगञ्ज महानगरपालिका–१४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा महाआरती गरिएको छ । महानगरले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरको सौन्दर्य अभिवृद्धिको काम जारी राखेको छ । मन्दिर परिसरमा सोमबार राति जनताको भव्य उपस्थितिमा महाआरती भएको हो ।

सोमबार राति भएको महाआरतीमा काशी विश्वनाथका मुख्य पुजारी पण्डित डा श्रीकान्त मिश्र र जनकपुरधामको जानकी मन्दिरका महन्थ रोशन दास पनि सहभागी थिए । महाआरति अघि मन्दिर परिसरमै प्रवचन समारोहको पनि आयोजना गरिएको थियो । महाआरतीमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, हिन्दूवादी अगुवा, समाजसेवी, उद्योगी व्यवसायीका साथै स्थानीयवासीको पनि उल्लेख्य सहभागिता थियो ।

नेपालमा काठमाडाँैबाहेक पशुपतिनाथको मन्दिर वीरगञ्जको पिपरामा मात्रै रहेको तथा देशको प्रमुख प्रवेशद्वार वीरगञ्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिर र यसको पौराणिक महत्त्वबारे व्यापक प्रचारप्रसार गर्न सकिए यो मन्दिर वीरगञ्जको मात्र नभई मधेस प्रदेशकै प्रमुख धार्मिक गन्तव्यस्थल बन्ने सक्ने विश्लेषक चन्द्रकिशोरले बताए ।

यसका साथै वीरगञ्ज महानगरमा रहेका थुप्रै सार्वजनिक जग्गा र धार्मिक सम्पदाहरू अतिक्रमणमा परिसकेकाले तिनलाई जोगाउन पनि सरकारले ती सार्वजनिक सम्पदाको स्वामित्व महानगरपालिकालाई दिनुपर्ने महानगरप्रमुख सिंहले बताए । उनले महानगरले खोजी कार्य पनि सुरु गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १० : ५३ बजे

ढल्केवर– जनकपुर– जटही सडकमा विद्युतीकरण

जनकपुरधाम– ढल्केवर– जनकपुर– जटही ३५ किलोमिटर सडकमा रु चार करोड

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका

विजयपुरकी महारानी थाङसामा कसरी छोरी, कसरी रानी ?

याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन्