‘ए’ डिभिजन लिग : फ्रेन्ड्सको पहिलो जित « Khabarhub

‘ए’ डिभिजन लिग : फ्रेन्ड्सको पहिलो जित


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले समान एक एक गोल गरे ।

यता जावलाखेलका फोडे फोफानाले एक गोल फर्काए । खेलको १९ औँ मिनेटमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ४० औँ मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८७ औँ मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल गरे पनि फ्रेन्ड्स २–१ ले विजयी भयो । फ्रेन्ड्सका अमित तामाङले जावलाखेलका समिराज थोकरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जवालाखेलले पेनाल्टीको अवसर पाएको थियो ।

यस जितसँगै पहिलो जित हात पारेको फ्रेन्ड्सले चार खेलमा चार अङ्क जोडेको छ । समान चार खेल खेलेको जावलाखेलको सात अङ्क रहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : ५४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना