मधुमेहलाई समान्य ठान्नु हुँदैन « Khabarhub

मधुमेहलाई समान्य ठान्नु हुँदैन

४० वर्ष कटेपछि एक पटक स्क्रिनिङ गर्नुपर्छ


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मधुमेह भनेको मानिसको रगतमा चिनीको मात्रा अत्यधिक बढी हुने अवस्था हो। शरीरमा इन्सुलिनको कमीले गर्दा मधुमेह हुन्छ। रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षण देखिन्छन्। उपचार गरेन भने मधुमेहले धेरै जटिलता निम्त्याउन सक्ने चिकित्सक बताउँछन्। त्यसैले मधुमेह कस्तो समस्या हो ? उपचार पद्धति कस्तो छ ? के खाने के नखाने र कस्तो अवस्थामा अस्पताल जाने त ? यसै विषयमा आधारित रहेर खबरहबका लागि जनरल फिजिसियन डा.युएन पाठकसँग गरिएको कुराकानीको सम्पादित अंश :

डाइबेटिज कस्तो समस्या हो ?
हाम्रो देशको तुलनामा चाइनालाई विश्वमा सबै भन्दा ठूलो डाइबेटिजको राजधानी भनिन्छ। यो रोग पहिला धनी मानिलाई हुने रोग भनेर चिनिन्थ्यो। तर यो अहिले गरिबमा पनि धेरै बढेको छ। हाम्रो देश नेपालमा पनि धनी, गरिब, धेरै खाने, कम खाने सबैमा यो रोग छ। हामी खानेकुरामा धेरै सेतो चामल खाने हुनाले यो रोग धेरै देखिएको छ। अहिलेका मानिस घरमा बनाएको खाने कुरा भन्दा बाहिरका खाना मन पराउने गर्छन्। घर बसेर बाहिरका खाना अडर गरेर खाने जसले गर्दा शारीरिक व्यायाम पनि कम भएको छ। जसकारण मधुमेह फैलिदो अवस्थामा र बढ्दो क्रममा छ। डाइबेटिज दुई प्रकारको हुन्छ। टाइप १ डाइबेटिज, यो १४ वर्ष मुनिका बच्चामा हुन्छ र टाइप २ डाइबेटिज यो चाहिँ ४० वर्ष माथिका मानिसमा हुनेगर्छ। कतिपय गर्भवतीमा तेस्रो टाइपको डाइबेटिज पनि हुन्छ। जुन गर्भावस्था मधुमेह जति धेरै महिलामा शारीरिक व्यायामको कमी भएको कारणले हुनेगर्छ। डायबेटिज कोहीको वंशाणुगत रूपमा आमा बाबालाई छ वा मामाघर तिर कसैलाई छ भने अरुलाई हुन सक्छ। त्यस्तो महिलामा पनि हुने त्यसको चान्स बढी नै हुन्छ।

के कारणले बढ्दै गएको छ मधुमेह ?
पहिलाका बुढाबुढीहरु प्रशस्त मात्रामा खेतबारीमा काम गर्ने गर्दथे। जसले गर्दा धेरै पसिना बगाउँथे। जसले गर्दा शरीरलाई आवश्यक परे जति व्यायम हुन्थ्यो। खानेकुरा पनि आफैले खेतबारीमा उब्जाएका कुनै रासायनिक मलको प्रयोग नगरेको खान्थे। जसले गर्दा रोग लाग्दैन थियो। अहिले धेरै बाहिरका र धेरै समय प्याकेटमा राखेका तारेका खानाखान मान्छे उत्साहित हुने गर्छन्। जसले गर्दा धेरै प्रकारका रोग लाग्ने गरेका छन्। विषेशगरी खाना, व्यायाम, अल्कोहल र बाहिरबाट आएका विभिन्न प्रकारका केमिकलको प्रयोग गरेर बनाएका खाना खाँदा यो रोग बढेको छ।

मधुमेह हुँदाका लक्षण के हुन् ?
सबै भन्दा सुरुमा त तौल घट्ने, धेरै पटक पिसाब लाग्ने, धेरै तिर्खा लाग्ने (पोलिडिप्सिया) तथा धेरै भोक लाग्ने (पोलिफेइजिया) जस्ता लक्षण देखिन्छन्। तर कतिपयलाई कुनै पनि लक्षण नदेखी जाँच गर्दा सुगर देखिन सक्छ। त्यसैले हामी सबैले ४० वर्ष कटेपछि अनिवार्य रुपमा एक पटक स्क्रिनिङ गराउनु आवस्यक छ।

कस्तो अवस्थामा औषधि खानुपर्ने हो ?
बिरामी आफूले औषधि खाएर र आफ्ना शरीरलाई शारीरिक व्यायाम गरेर नियन्त्रणमा राखेको छ भने औषधि सधैँ खानुपर्छ भन्ने हुँदैन। तर सुगर लेबल धेरै नै माथि छ भने यसले शरीरको विभिन्न अंगहरु जस्तो: आँखा, किड्नी जस्ता महत्त्वपूर्ण अंगमा असर गर्छ। त्यसको उपचार सजिलो छैन। यात उपचार नै छँदै छैन भन्दा पनि हुन्छ। तर, बिरामी आफूले नै ध्यान दियो भने यो आफै कन्ट्रोल हुँदै जान्छ। जस्तो समय समयमा जाँच गर्दै जाने, चिकित्सकको सल्लाह अनुसार नियमित औषधिको सेवन गर्ने, उपयुक्त मात्रामा व्यायाम गर्ने गर्यो भने आफै कन्ट्रोल हुँदै जान्छ।

मधुमेह हुँदा कस्तो खाना खाने र कस्तो खाना नखाने ?
यो समस्या भएपछि स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्छ। के खाने र के नखाने भन्ने कुरामा ध्यान दिनुपर्छ।
नखाने कुरा
चक्लेट, मिठाइका परिकारहरु नखाने,
चामल धेरै नखाने,
मासुमा रातो मासु वा खसीको मासु नखाने,
धूम्रपान मद्यपान नगर्ने।
खानुपर्ने कुरा
हरियो सागसब्जी, कालो चना, ब्राउन राइस, राजमा र अण्डाको सेतो भाग खानुपर्छ। कलेरा, लौका, टमाटर, एलोभेराको जुस बनाएर खानु राम्रो हुन्छ।
भिटामिन सी युक्त खानेकुरा खाने ।
घरमा बनेको खाना खाने।
हरेक कुराको स्वाद लिने तर मात्रा पुर्याएर मात्र खानुपर्छ।
मेथीको साग प्रर्याप्त मात्रामा खानुपर्छ।

मधुमेहलाई हेलचेक्याइ गर्दा के हुन्छ ?
सुगर लागेर समयमा उपचार गरिएन भने २० देखि २५ प्रतिशतको मानिसको अकालमा नै मृत्यु हुनसक्छ। सुगरको असर केही वर्षपछि उच्च रक्तचाप हुनसक्छ। किड्नी फेल हुनसक्छ। प्यारालाइसिस हुनसक्छ। आँखामा अचानक अन्धोपन पनि हुनसक्छ।

मधुमेह हुन नदिन ध्यान दिनुपर्ने कुरा के हो ?
प्रत्येक मान्छेले दैनिक रुपमा व्यायाम वा हल्का पसिना आउने काम गर्ने, दिनमा कम्तिमा पनि ५० मिनेट मुटुढुकढुक हुने गरी हिँड्ने। हरियो सागपात धेरै खाने, बढी जोड प्राकृतिक खानामा दिनुपर्छ। सबैले ४० वर्ष कटेपछि अनिवार्य रुपमा एक पटक स्क्रिनिङ गराउन आवस्यक छ। स्क्रिनिङ एउटा स्वास्थ्य परीक्षण हो। यसले स्वास्थ्यमा के कस्तो समस्या छ भन्ने कुरा देखाउँछ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : ५३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई