नयाँ वर्षमा लोकतन्त्र अझ सुदृढ बनोस् : पृथ्वीमान गुरुङ « Khabarhub

नयाँ वर्षमा लोकतन्त्र अझ सुदृढ बनोस् : पृथ्वीमान गुरुङ


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ वर्ष, २०८० मा नेपाली लोकतन्त्रको अझ विस्तार, विकास र सुदृढ हुन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष २०८० का अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान समारोहमा उनले राष्ट्रिय एकता, दिगो शान्ति र सामाजिक सद्भावसहितको आर्थिक समृद्धिमा जोड दिएका हुन्।

प्रदेश प्रमुख गुरुङले २०७९ साललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धिपूर्ण वर्षका रूपमा लिन सकिने उल्लेख गरेका छन् । “यसै वर्ष सङ्घीय संरचनाअन्तर्गत सबै तहका निर्वाचन सम्पन्न भएका छन्, आम जनताले विश्वास र भरोसा गरेर तीनै तहका लागि प्रतिनिधि छानेर पठाएका छन्”, उनले भने, “देशमा रहेका अथाह प्राकृतिक सम्पदा एवं मानवीय संशाधनको समुचित र दिगो प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध तथा समुन्नत बनाउने दायित्वसमेत हाम्रो काँधमा रहेको छ ।”

सुन्दर, समुन्नत र व्यवस्थित गण्डकी प्रदेशको निर्माण सबै पक्षको सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले दलगत स्वार्थबाट माथि उठी समुन्नतिका लागि साझा धारणा बनाई अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

सोही समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यलगायतले नयाँ वर्ष २०८० का उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना सन्देश दिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : ५७ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर