नयाँ वर्षमा लोकतन्त्र अझ सुदृढ बनोस् : पृथ्वीमान गुरुङ | Khabarhub Khabarhub

नयाँ वर्षमा लोकतन्त्र अझ सुदृढ बनोस् : पृथ्वीमान गुरुङ


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ वर्ष, २०८० मा नेपाली लोकतन्त्रको अझ विस्तार, विकास र सुदृढ हुन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष २०८० का अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान समारोहमा उनले राष्ट्रिय एकता, दिगो शान्ति र सामाजिक सद्भावसहितको आर्थिक समृद्धिमा जोड दिएका हुन्।

प्रदेश प्रमुख गुरुङले २०७९ साललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धिपूर्ण वर्षका रूपमा लिन सकिने उल्लेख गरेका छन् । “यसै वर्ष सङ्घीय संरचनाअन्तर्गत सबै तहका निर्वाचन सम्पन्न भएका छन्, आम जनताले विश्वास र भरोसा गरेर तीनै तहका लागि प्रतिनिधि छानेर पठाएका छन्”, उनले भने, “देशमा रहेका अथाह प्राकृतिक सम्पदा एवं मानवीय संशाधनको समुचित र दिगो प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध तथा समुन्नत बनाउने दायित्वसमेत हाम्रो काँधमा रहेको छ ।”

सुन्दर, समुन्नत र व्यवस्थित गण्डकी प्रदेशको निर्माण सबै पक्षको सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले दलगत स्वार्थबाट माथि उठी समुन्नतिका लागि साझा धारणा बनाई अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

सोही समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यलगायतले नयाँ वर्ष २०८० का उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना सन्देश दिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : ५७ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार