जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री गिरी « Khabarhub

जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री गिरी


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संविधान कार्यान्वयन र सङ्घीय शासनको आधार तयार पार्नेजस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको बताएका छन् ।

मुख्यमन्त्री गिरीले दिएको नयाँ वर्ष २०८० को शुभकामना सन्देशमा लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने गरि प्रदेश सरकारले योजानका साथ काम गरिरहेको बताएका छन् । उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा परिवर्तनको जगमा मौलिक विशेषता बोकेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको उल्लेख गरेका छन् ।

सङ्घीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैँ अहिले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट शून्यदेखि राजधानी व्यवस्थापनको कार्यको थालनी गरिएको बताए।

मुख्यमन्त्री गिरीले जनताको नजिकको सरकारका रूपमा रहेको प्रदेश सरकार जनआकाङ्क्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए । ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्य बोकेर अघि बढेको प्रदेश सरकार प्रदेशको विकास र समृद्धिको बाटोबाट लक्ष्य पूरा गर्न सार्थक योगदानका लागि सङ्कल्पित रहेको उनको भनाइ छ ।

यस्तै नयाँ बर्ष २०८० का अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सङ्घीयता कार्यान्वयन गर्ने महत्वपूर्ण थलोको रुपमा रहेको प्रदेशसभामा बन्ने सबै ऐन कानुनलाई जनताको पक्ष र हितमा हुने गरी जनमैत्री बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनले प्रदेशसभा र प्रदेश सरकारलाई जनताको मन, मस्तिष्कमा स्थापित गर्ने प्रयत्नका साथ अघि बढेको अवस्थामा नयाँ सोच र समृद्धिको नयाँ सपनाका साथ अघि बढ्नुपर्ने उनले सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ११ : ४६ बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी