मिटरब्याजी पीडितले काठमाडौंमा वृहत मार्च पास गर्ने « Khabarhub

मिटरब्याजी पीडितले काठमाडौंमा वृहत मार्च पास गर्ने


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याजी पीडितले काठमाडौंमा वृहत मार्च पास गर्ने भएका छन् । 

आफ्ना माग पुरा गर्नका लागि दवाव दिन भन्दै आगामी बैशाख ४ गते काठमाडौंमा वृहत मार्चपास गर्ने उनीहरूले जनाएका छन् । यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो ।

वार्ता भंग भएपछि उनीहरु काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिँदै आएका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ । मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन् । 

चक्रवृति तथा मिटर ब्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । 

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ३ : १८ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड