आईपीएलको प्लेअफबाट बाहिरियो दिल्ली « Khabarhub

आईपीएलको प्लेअफबाट बाहिरियो दिल्ली


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ।

शनिबार राति पञ्जाबसँग ३१ रनले हार बेहोरेपछि दिल्ली यस सिजनमा प्लेअफको दौडबाट बाहिरिने पहिलो टिम बनेको हो।

पञ्जाबले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाएको थियो।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस जितेर पहिला ब्याटिङ्ग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो।

यस सिजनमा दिल्लीको यो आठौँ हार हो। दिल्लीको १२ खेलबाट ८ अंक छ र अन्तिम स्थानमा छ । दिल्लीले बाँकी दुई खेल जिते पनि हाल शीर्ष चारमा रहेको टिमलाई भेट्ने छैन । जसका कारण दिल्लीको शीर्ष चारमा पर्ने सम्भावना सकिएको हो ।

प्रभशिमरन सिंहको शतक र हरप्रित ब्रारको ४ विकेट प्रदर्शनमा पञ्जाबले सिजनको छैटौं जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । १२ खेलबाट १२ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ । पञ्जाबले बाँकी दुई खेल जितेमा प्लेअफमा पुग्नेछ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : १० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका