कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, मुख्यमन्त्रीले दिए राजीनामा « Khabarhub

कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, मुख्यमन्त्रीले दिए राजीनामा


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा कर्नाटक राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ। कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन्।

शनिवार राति सम्पन्न अन्तिम परिणामअनुसार कांग्रेसले १ सय ३७ सिटमा विजयी हासिल गरेको छ। सरकार बनाउन आवश्यक १ सय १३ सिट भन्दा बढी स्थानमा विजयी हासिल गरेर कांग्रेस कर्नाटकमा पहिलो भएको छ।

दोस्रो स्थानमा भारतीय जनता पार्टी (बिजेपी) रहेको छ। ६५ सिट मात्र जिते पछि भाजपाले कर्नाटक चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ। जेडीएसले १९ सिटमा जीत हासिल गर्दा अन्य दलले ३ सिट पाए।

कर्नाटकमा बिगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यसपटक कायम रहन पुगेको छ। अर्थात्, कर्नाटकमा मतदाताले सरकार दोहोर्‍याउन दिएका छैनन्।

कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले गभर्नरलाई राजीनामा बुझाए। मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए।

 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : ४५ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर