धनगढीमा मनाइयो शिक्षक संघको स्थापना दिवस « Khabarhub

धनगढीमा मनाइयो शिक्षक संघको स्थापना दिवस


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढीमा नेपाल शिक्षक संघको स्थापना दिवस मनाइएको छ। धनगढी उपमहानगरपालिका कार्य समितिको आयोजनामा शनिबार शिक्षक संघको ३४औं स्थापना दिवस ३४ वटा दीप प्रज्वलन गरी मनाइएको हो।

२०४७ सालमा स्थापना भएको शिक्षक संघले वैशाख ३० गते हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ। कार्यक्रममा उपमहानगरपालिकाका विभिन्न विद्यालयका शिक्षक र शिक्षक संघका विभिन्न तहका कार्यसमितिका सदस्य एवम् पदाधिकारी तथा नेपाल ट्रेड युनियन कांग्रेसका शिक्षक नेताहरूको उपस्थिति रहेको नेपाल शिक्षक संघ धनगढीका अध्यक्ष मोहन भण्डारीले बताए।

नेपाल शिक्षक संघ कैलालीको भवनमा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष डिल्लीराज पन्त, महासचिव प्रेमबहादुर शाही, नेपाल शिक्षक संघका निवर्तमान संघीय उपाध्यक्ष लक्ष्मण दत्त भट्ट, सुदूर पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेय, नेपाली लेखक संघका केन्द्रीय सदस्य गणेश नेपालीले आफ्नो धारणा राखेका थिए।

त्यस्तै नेपाल शिक्षक संघ कैलालीका सचिव हरिस ओझा, अर्थ सचिव देवराज जोशी, नेपाल शिक्षक महासंघका सहसचिव पदमराज जोशी, नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपश्चिम उपाध्यक्ष शान्ति सिंह शाही, नेपाल ट्रेड युनियन कांग्रेसका कैलालीका सचिव डबल बहादुर बम, प्रदेश प्रतिनिधि इन्दिरा जोशी, कोषाध्यक्ष सागर जोशी, प्रतिनिधि परमानन्द भट्ट, नेपाल शिक्षक संघ धनगढीका निवर्तमान अध्यक्ष नवराज ओझा, उपाध्यक्षहरू हरिस चन्द, उमा सुबेदीलगायतले आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ४१ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ