धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक  « Khabarhub

धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक 


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताएका छन् । 

श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत मावि गुरुकुलम्को परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बन्न लागेको चार कोठे भवनको आज शुभारम्भ गर्दै उनले लोप हुन लागेको संस्कृत भाषाप्रति बढेको आकर्षणले संस्कृत भाषाको संरक्षण हुने विश्वास व्यक्त गरे । प्रमुख कोइरालाले असल नागरिक बन्न नैतिक शिक्षा चाहिने भएकाले संस्कृत शिक्षा दिनुपर्ने आवश्यकता औँल्याए ।

विद्यालयका संरक्षक अच्युतप्रपन्नाचार्यले नैतिक शिक्षा, संस्कार र चरित्र निर्माण गर्न संस्कृत भाषा अत्यन्त जरुरी रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिका-११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र शिक्षासेवी दुर्गाप्रसाद खतिवडाले संस्कृत भाषाको महत्व बारे चर्चा गरेका थिए।

दुई कठ्ठा १० धुर जग्गामा निर्माण भएको उक्त संस्कृत विद्यालयमा हाल कक्षा ६ देखि १२ सम्म एक सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ४५ लाख बजेट प्राप्त भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १ : ४६ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर