चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने तीन पक्राउ « Khabarhub

चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने तीन पक्राउ


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन)सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र रु २२ लाखभन्दा बढी रकम ठगी गरेका थिए । 

उक्त कार्यालयले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न स्थानका बासिन्दालाई चिट्ठा परेको नाममा ठगी गर्नेलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो । चिट्ठा परेको नाममा सम्बन्धित व्यक्तिले करस्वरुप तोकिएबमोजिमको रकम बुझाउनुपर्ने भन्दै पहिला नै रकम असुल गरेर झुक्याउने गरेको गुनासो बढेपछि पटकपटकको खोजी र अनुसन्धानपछि ती अभियुक्तलाई पक्राउ गरिएको थियो ।

पक्राउपर्नेमा जिल्लाको कटारी नगरपालिका–३ निवासी उज्वल थापामगर, चितवन जिल्ला रत्ननगर नगरपालिका–२ का सुशील श्रेष्ठ र काठमाडौँ महानगरपालिका १० बुद्धनगरमा लुकछिपी बसेका कटारी–३ का विशाल थापामगर रहेकोे प्रहरी  प्रमुख तथा प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए । उनीहरू विरुद्ध ठगी सम्बन्धित मुद्दासमेत दर्ता गरिएको छ ।

ती अभियुक्तले खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका–२ स्थायी घर भई हाल उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा बस्ने वर्ष २९ का उदय राईलाई २५ लाख भारतीय रुपैयाँ चिट्ठा परेको भन्दै कीर्ते कागजात देखाएर पहिला कर तिर्नुपर्छ खातामा पैसा बुझाउनु भन्दै तीस हजार ठगी गरेका थिए ।

यसैगरी अन्य व्यक्तिलाई पनि  चिट्ठा परेको भन्दै पटकपटक गरेर उनीहरुले २२ लाख २० हजार ठगी गरेको पाइएको प्रहरीले जनाएको छ  । ठगी गर्ने गिरोहले भारतीय नागरिक प्रकाश वर्माको नाममा रहेको एक  कम्पनीबाट चिट्ठा परेको भनेर जिल्लाका सोझासाझा जनतालाई ह्वाटस् एप्समार्फत उक्त कम्पनीको छापसमेतको कागजात देखाएर सुरुमै रु २० हजारदेखि एक लाखसम्म कर लिएर आफ्ना खातमा रकम संकलन गर्न लगाउने गरेको खुल्न आएको छ ।

पक्राउ परेकाहरूले गाउँगाउँमा गएर पहिला आफ्ना मान्छेमार्फत पैसा भएका सोझासाझासम्म पुगेर नाम टिपेर पहिलो उनीहरूको आर्थिक अवस्था अध्ययन गरी रकम ठगी गर्न सकिनेलाई मात्र उनीहरुका नाममा फेक चिट्ठाका कागजात बनाएर चिट्ठा परेको कीर्ते कागजात देखाउने गरेका थिए । 

प्रहरी प्रमुख फुयाँलले भने, ‘चिट्ठाको नाममा ठगी गर्ने आपराधिक समूमध्येको पक्राउ गरिएका तीन जना त समान्य बाहिर भूमिका निर्वाह गर्ने मात्र हुन्,  वास्तविक नाइकेको खोजी भइरहेको छ, प्रहरीले चाँडै उनीहरूसम्म पुग्नेगरि अनुसन्धान सुरु गरेको छ, र अब चाँडै मुख्य नाइके पक्राउ पर्नेछ । पक्राउपर्नेहरूका आधारमा नै मुख्य नाइकेको पनि तीव्र खोजीकार्य सुरु गरिएको  छ।’

पक्राउ गरिएकाहरू बिरुद्ध  मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २१ अन्तर्गत एक्सटर्शनको कसुरमा मुद्दा  दर्ता गरी कारबाही अघि  बढाइएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ३ : ३५ बजे

चिसोमा इन्फ्लुएन्जा संक्रमणबाट बच्न ‘फ्लु भ्याक्सिन’ लगाउन एनएमएको अपिल

काठमाडौं– नेपाल चिकित्सक संघले चिसो मौसम सुरु भएसँगै ‘इन्फ्लुएन्जा भाइरस’को

पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

काठमाडौं– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका

जाडोमा छालाको एलर्जीबाट कसरी बच्ने ? (अन्तर्वार्ता)

जाडोमा छाला सुख्खा हुने, फुट्ने, रातो हुने, बिबिरा आउने, हातखुट्टा

डविडको अर्धशतक, चितवनका ओपनरको बलियो साझेदारीले जनकपुरलाई विकेट लिनै सकस

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

महाधिवेशनका लागि समय कम भयो : शशांक कोइराला

चितवन– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महाधिवेशनका लागि समय कम