कतार पुलिसमा जागिरको प्रलोभन देखाई रकम ठगी गर्ने एक जना पक्राउ  « Khabarhub

कतार पुलिसमा जागिरको प्रलोभन देखाई रकम ठगी गर्ने एक जना पक्राउ 


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको लागि कतारमा पठाइदिन्छु भन्दै एक जनाले ६९ लाख रुपैयाँ ठगी गरेका छन् ।

ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ४ घर भई हाल काठमाडौं महानगरपालिका १० थापागाउँ बस्ने ४९ वर्षीय रुद्रबहादुर लिम्बूले वैदेशिक रोजगारीको लागि कतार पठाउने प्रलोभनमा ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले कतार पुलिसको जागिरको लागि कतार पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेका थिए । उनले प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उठाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बूले १ लाख भन्दा बढी तलब हुने विश्वास दलाई, प्रलोभनमा पारी उनीहरूबाट पटक-पटक गरी ६९ लाख रुपैयाँ लिएका थिए । रकम उठाएर उनी सम्पर्कविहीन बनेका थिए ।

उनलाई धुम्वाराहीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ५ : ३८ बजे

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले