म नक्कली भुटानी शरणार्थी होइन : कुल आचार्य « Khabarhub

म नक्कली भुटानी शरणार्थी होइन : कुल आचार्य


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिएका छन् । ‘नक्कली शरणार्थी’ बनेर आफू बेलायत छिरेको भन्ने आरोपबारे आचार्यले प्रष्टिकरण दिएका हुन् ।

उनले यो आरोप निराधार र मिथ्या रहेको बताए । आचार्यले आफू नेपाली नागरिकता र नेपाली राहदानीका आधारमा बेलायत पुगेको प्रष्ट पारेका छन् ।

‘नेपाली नागरिकता र राहदानीका आधारमा बेलायतको राहदानी लिएको हुँ । अहिले एआरएनए कार्ड बोकेको छु,’ आचार्यले लण्डनबाट भने, ‘यसमा भन्नु केही छैन् । देशको लागि केही गरौँ भन्नेलाई राम्रो कसैले मान्दैनन् । ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन । मिथ्या मात्रै हो ।’

उनले आफूलाई बदनाम गराउन एउटा समूह सक्रिय रहेकोसमेत आरोप लगाए । २-४ जना मेरो विरुद्धमा अहिलेमात्र होइन पहिलेदेखि नै लागेका छन् । अनेकौं तिकड्म झिक्ने गरेका छन् । तर, यस्ता अफवाहले मलाई केही फरक पर्दैन। झिनामसिना कुराका पछि लाग्ने मान्छे पनि म होइन,’ आचार्यले भने ।

आचार्य नक्कली शरणार्थी बनेर बेलायत पुगेको प्रचार सामाजिक सञ्जालहरूमा चलेको छ । ६ महिनासम्म एनआरएनएको नेतृत्व गरेका आचार्य बेलायतमा व्यवसाय गर्छन् । 

उनलाई एनआरएनए बेलायतकै अध्यक्ष प्रेम गाहा मगरले नक्कली शरणार्थी बनेर बेलायतमा शरण लिएको आरोप लगाएका थिए । मगरले एक टेलिभिजनसँगको अन्तरवार्तामा आचार्यले बेलायतमा स्थापित हुनकै लागि नक्कली शरणार्थी बनेको आरोप लगाएका थिए ।

सरकारले आचार्यको पद खारेज गर्नुपर्ने र उनीमाथि राष्ट्रघातको मुद्दा चलाउनु पर्ने माग समेत मगरले गरेका थिए । तर, आचार्यले भने यो सबै अफवाह भएको दावी गरेका छन्। उनले आफूसँग जन्मस्थान पर्वत लेखेको नेपाली राहदानी भएको बताए ।

‘म पर्वतमा पण्डितको परिवारमा जन्मेको छोरा हुँ । मेरो पहिलाको नेपाली राहदानीमा जन्मस्थान पर्वत लेखेको छ,’ आचार्यले भने, ‘अहिले सरकारले दिएको एनआरएनए कार्डको आधारमा नेपालमा लगानी गरिरहेको छु । विदेशी भूमिबाटै भए पनि जन्मेको देशका लागि केही गरौँ भन्ने मेरो चाहना हो ।’

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ६ : ०७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना