आज वैशाख ३१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे १४, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
इजरायली सेनाद्वारा गाजा क्षेत्रका हजारौं बासिन्दाको उद्धार
स्ट्रिपमा तीन शीर्ष प्यालेस्टिनी इस्लामिक जिहाद आतंकवादीहरूको मंगलबारको लक्षित हत्यापछि गाजा नजिकै बसोबास गर्ने हजारौं इजरायलीहरूलाई स्थानान्तरण गरिएको छ। यसैबीच रक्षामन्त्री योभ ग्यालान्टले गाजामा आतंकवादी गुटहरूबाट जवाफी रकेट फायरको प्रत्याशामा ‘गस्ट अफ विन्ड’ नामले चिनिने उक्त कदम बारे चनाखो हुँदै सचेत र सुरक्षित हुने योजनालाई अनुमोदन गरेका छन् ।
त्यसैगरी गाजा-क्षेत्रका बासिन्दाहरू आफ्नै पहलमा अस्थायी रूपमा देशका अन्य भागहरूमा सरेका छन्। सुरक्षित स्थानान्तरण कार्यक्रम स्थानीय अधिकारीहरू द्वारा सञ्चालित छ र गाजा सीमा नजिकका इलाकाका प्रत्येक बासिन्दालाई गेस्टहाउसहरूमा राज्यको सहयोगमा व्यवस्थापन गरिदै गरेको रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ।
यसै बीच शिक्षा मन्त्रालयले बुधबार ४५ किलोमिटर भित्रका समुदायमा विद्यालय सञ्चालन नगर्ने घोषणा गरेको छ । सो निर्णयबाट करिब ३ लाख विद्यार्थीहरूलाई असर पर्ने छ । होम फ्रन्ट कमान्डको निर्देशन अनुसार गाजा पट्टी नजिकका यी क्षेत्रहरूमा सार्वजनिक जमघटहराम कडाइ गरिएको छ । खुला क्षेत्रमा १० व्यक्ति र भवनमा १०० जनासम्म सीमित हुनुपर्ने प्रावधान जारी गरिएको छ ।
सार्वजनिक आश्रय स्थलहरीहरू तेल अवीवका साथै गिवाताइम, रमत गान र अन्य नगरपालिकाहरूमा खोलिएका छन् ।
कराँची गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु
आइतबार कराँचीमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानमा आधारित एआरवाई न्युजले जनाएअनुसार मेमन गोठ, सुरजनी टाउन, डिफेन्स र म्युनिसिपल टाउनमा गोली हानाहान भएको थियो । गुलसन-ए-सुरजानीस्थित पेट्रोल पम्प नजिकै अज्ञात व्यक्तिले कारमा गोली चलाउँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाबर र नसिम रहेका छन् ।
यसबाहेक, मलिर साउदाबादमा आयोजित विवाह समारोहमा एक व्यक्तिको गोली हानी हत्या गरिएको थियो । हत्या गरिएका व्यक्ति मोहम्मद अर्सलान रहेको बताइएको छ । यसैबीच कराँचीमा दुर्घटनावश गोली लागेर एक महिलाको मृत्यु भएको छ । घटना डिफेन्स फेज ६ खयाबान-ए-हलालमा भएको उल्लेख गरिएको छ । गोली लागेकी महिला सफिया साफिया रहेको बुझिएको छ ।
बलदियाको गुलसन-ए-गाजी नजिकैको बिस्मिल्लाह चोकमा गोली लागेर अर्की एक महिलाको मृत्यु भएको छ । मृतक नोरिन रहेकी छिन् । प्रहरीले यी विभिन्न घटनामा अनुसन्धान थालेको छ ।
म्यान्मामा २६.४ केजी हेरोइन बरामद
म्यान्माको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ । अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६.४ किलोग्राम हेरोइन बरामद गरेको लागूऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार उल्लेख गरेको गरेको छ।
गोप्य सूचनाका आधारमा लागूऔषध विरुद्धको कारबाहीमा प्रहरीले मे ७ मा मण्डलेको बस स्टेशनमा एउटा गाडीबाट अर्को गाडीमा सारिएको बोराको खोजी गर्दा साबुन कन्टेनरमा रहेको २६.४ केजी हेरोइन बरामद गरेको हो । सो अवैध कारोबारमा संलग्न रहेको आशंकामा पाँच संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।
बरामद लागूऔषधको मूल्य लगभग ६६६० मिलियन क्याट (३१४,२८५ अमेरिकी डलर भन्दा बढी) रहेको बताइएको छ ।
संदिग्धहरूलाई लागूऔषध र साइकोट्रोपिक पदार्थ कानून अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको बताइएको छ ।
कर्नाटक जीत पछि राहुल गान्धीले भने, ‘प्रेमको दोकान खुल्यो’
कर्नाटकको निर्वाचन परिणाम कांग्रेसका पक्षमा आए पछि सो पार्टीका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको प्रतिक्रिया दिएका छन् ।
भारतीय जनता पार्टीलाई पराजित गर्दै कांग्रेसले स्पष्ट बहुमत ल्याए पछि गान्धीले कर्नाटकबाट प्रेमको दुकान खुलेको दाबी गरेका छन् । ‘कर्नाटकमा नफरतको बजार बन्द भयो प्रेमको दोकान खुल्यो,’ गान्धीले भने, ‘कर्नाटकमा जनताको शक्तिले क्रोनि क्यापिटलिस्टलाई पनि हराएको छ ।’
कर्नाटकमा कांग्रेसले सरकार बनाउन आवाश्यक ११३ सिट भन्दा बढी अर्थात् १३६ सिटमा विजय हासिल गरेको छ भने भाजपा ६५ सिटमा सीमित हुन पुगेको छ । यसैगरी, जेडिएस १९ सिट र अन्यले ४ सिटमा विजय हासिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, मुख्यमन्त्रीले दिए राजीनामा
भारतमा कर्नाटक राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ। कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन्।
शनिवार राति सम्पन्न अन्तिम परिणामअनुसार कांग्रेसले १ सय ३७ सिटमा विजयी हासिल गरेको छ। सरकार बनाउन आवश्यक १ सय १३ सिट भन्दा बढी स्थानमा विजयी हासिल गरेर कांग्रेस कर्नाटकमा पहिलो भएको छ।
दोस्रो स्थानमा भारतीय जनता पार्टी (बिजेपी) रहेको छ। ६५ सिट मात्र जिते पछि भाजपाले कर्नाटक चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ। जेडीएसले १९ सिटमा जीत हासिल गर्दा अन्य दलले ३ सिट पाए।
कर्नाटकमा बिगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यसपटक कायम रहन पुगेको छ। अर्थात्, कर्नाटकमा मतदाताले सरकार दोहोर्याउन दिएका छैनन्।
कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले गभर्नरलाई राजीनामा बुझाए। मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए।
कर्नाटक निर्वाचन: काङ्ग्रेस तीन स्थानमा बिजयी, १२९ मा अग्रता
कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई)ले तीन सिट जितेको छ भने अन्य १२९ सिटमा अग्रता लिएको छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो अपडेटअनुसार कर्नाटक बिधानसभामा काङ्ग्रेसले तीन सीटमा बिजय भएको छ भने १२९ सीटमा अग्रता लिएको छ । त्यसैगरी भारतीय जनता पार्टी (भाजपा)ले ६६ र जनता दलले २२ सिटमा अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवारले दुई सीटमा अग्रता लिएको छ ।
मतभारका आधारमा हेर्दा पछिल्लो परिणाम अनुसार काङ्ग्रेसलाई खसेको मतको कूल ४३ प्रतिशत मत र भाजपालाई ३६ प्रतिशत मत र जनता समाजवादी (सेकुलर)लाई १३.२ प्रतिशत मत प्राप्त भएको छ । भारी समर्थन देखिएपछि काङ्ग्रेसले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रिय कार्यालयमा पटाका पड्काएर खुशी मनाएको छ ।
कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ः०० बजेदेखि शुरू भएको थियो । राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र काङ्ग्रेस दुवैका लागि महत्वपूर्ण छ ।
रूसी सेना पुनः बाखमुतमा अघि बढिरहेको रूसको दाबी
रूसले शनिबार आफ्नो सेनाले युक्रेनको पूर्वी शहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको जनाएको छ ।
“डोनेट्स्कको दिशामा, आक्रमण टुकडीले आर्टेमोभ्स्क शहरको उत्तर–पश्चिमी भागको एक क्षेत्रलाई मुक्त गरेको छ,” रक्षा मन्त्रालयले बाखमुतलाई यसको रूसी नामले उद्धृत गर्दै भन्यो ।
बाखमुतमा आक्रमणको नेतृत्व गरिरहेको रूसको वाग्नर अर्धसैनिक समूहका प्रमुखले नियमित रूपमा रूसी सैनिकहरू शहरको छेउछाउबाट आक्रमणलाई तीव्र पार्दै यसको केन्द्रमा रहेका आफ्ना सेनाहरूको खोजी गरिरहेको दाबी गरेपछि यो घोषणा गरिएको हो ।
यसअघि रक्षा मन्त्रालयले बाखमुतको उत्तरमा सेना पुनः तैनाथ गरेको र मोर्चाबाट सेना फिर्ता हुन सक्ने सङ्केत गरेको थियो । मन्त्रालयले शनिबार सेनाले वाग्नर सेनालाई सहयोग गरिरहेको जनाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हवाई सेनाका एकाइले आक्रमणकारी टुकडीलाई सहयोग पुर्याएका छन् र शत्रुलाई शहरको किनारामा पुर्याएका छन् ।”
डोनेट्स्कको पूर्वी क्षेत्रमा चासिभ यारलगायत थुप्रै बस्तीनजिक युक्रेनी सेनालाई लक्षित गरी हवाई र तोपले आक्रमण गरेको रूसी विज्ञप्तिमा उल्लेख छ ।
गाजामा पाँच दिनसम्म चलेको युद्ध रोक्ने सहमति
पाँच दिनसम्म चलेको युद्धपछि शनिबार गाजा पट्टी र आसपासका क्षेत्रमा युद्ध विराम लागू भएको छ । युद्धका क्रममा कम्तीमा ३४ प्यालेस्टिनी र एक इजरायलीको मृत्यु भएको छ ।
इजिप्ट र प्यालेस्टाइनी स्रोतका अनुसार युद्ध विराम स्थानीय समयअनुसार राति १० बजे सुरु हुने तय भएको थियो ।
तर समयसीमा सकिन अन्तिम ३० मिनेटमा गाजाबाट इजरायलतर्फ दर्जनौँ रकेट प्रहार गरिएको एएफपीका संवाददाताले बताएका छन् ।
अधिकांश रकेटलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो ।
युद्ध विरामको घोषणापछि सयौँ मानिसहरू गाजाका गल्लीहरूमा निस्कन थालेका छन् । उक्त गल्लीहरू धेरै दिनदेखि खाली देखिन्थे ।
इजरायली सेनाले स्थानीय समयअनुसार राति ११ बजेपछि गाजाबाट दुई वटा रकेट प्रहार गरिएको जनाएको छ ।
इजिप्टले इजरायल र प्यालेस्टाइनी लडाकु समूह इस्लामिक जिहाद दुवैबाट सम्झौता प्राप्त गरेको भन्दै युद्ध विरामको पछिल्लो प्रस्तावमा मध्यस्थता गरेको थियो ।
‘जरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार साही हानेग्बीले इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीलाई धन्यवाद दिँदै युद्ध विरामका लागि इजिप्टको सशक्त प्रयासप्रति इजरायलको तर्फबाट प्रशंसा व्यक्त गरेका छन्,’ इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
इजिप्टको पहलप्रति इजरायलको प्रतिक्रियाको अर्थ ‘शान्त भएर जवाफ दिइनेछ, र यदि इजरायलमाथि आक्रमण वा धम्की दिइयो भने उसले आफ्नो रक्षाका लागि गर्नुपर्ने सबै कुरा जारी राख्नेछ,’ उनले भने । एक प्यालेस्टिनी स्रोतले इस्लामिक जिहादको सम्झौताको पुष्टि गरेको छ ।
इस्लामिक जिहादको राजनीतिक विभागका अधिकारी मोहम्मद अल–हिन्दीले एएफपीसँग भने, ‘हामी इजिप्टको प्रयासका लागि धन्यवाद दिन चाहन्छौँ ।’













प्रतिक्रिया