कामना सेवा विकास बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न  « Khabarhub

कामना सेवा विकास बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न 


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारण सभामा बैंकको चुक्ता पूँजीको ५२ प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी ४४९ जना सेयरधनीको उपस्थिति रहेको थियो ।  काठमाडौँमा

साधारणसभाले आर्थिक वर्ष २०७८-०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ३,१४,२५,७७,०२१.९३ को ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत समेत गरी कूल ४.६४२१ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । 

 बैंकले आ.व. २०७९-०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७८-०७९ को वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू र देशको आर्थिक तथा बैंकिङ क्षत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७९-८० को हाल सम्मको कार्य सम्पादनको संक्षिप्‍त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

साधारणसभामा सेयरधनीले राखेको जिज्ञासाको जवाफ दिँदै बैंकका का.मु. प्रमुख कार्यकारी श्री अधिकृत विनय दाहालले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरू हासिल हुने गरी कार्यक्रम सञ्चालन गरिएको भएतापनि अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका कारण निर्धारित लक्ष्य प्राप्त गर्न केही असहज भएकाले चालु आ.व.मा व्यवसाय वृद्धिको साथै खराब कर्जा असुलीमा बढी ध्यान केन्द्रित गरी कार्य योजना सहित अगाडि बढ्ने बताए । 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : ४६ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना