फर्निचर कारखानामा भीषण आगलागी, एक घरमा क्षति (अपडेट) « Khabarhub

फर्निचर कारखानामा भीषण आगलागी, एक घरमा क्षति (अपडेट)


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ । आज साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक फर्निचर तथा सोफा कारखानामा साँझ ७ बजेदेखि भएको आगलागी नियन्त्रणको प्रयास राति ९ बजेसम्म जारी रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

साँझदेखि सुरु भएको आगलागी के कारणले भएको र कति मूल्य बराबरको क्षति भयो भन्नेबारेमा यकिन नभएको बताउँदै उनले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएपछि सबै विवरण प्राप्त हुने बताए । उनले भने, “ठूलो फर्निचर कारखानामा आगलागी भएको छ, कारखाना कसको हो, के कति मूल्य बराबरको सामान क्षति भयो, आगलागीका कारण के हो भन्ने विवरण आएको छैन, सबै निकाय आगो नियन्त्रणका लागि सक्रिय छन्, पूर्ण रुपमा आगो नियन्त्रणमा आएपछि प्रहरीले मुचुल्का गरेपछि मात्रै सबै विवरण आउँछ ।”

घटनास्थलमै रहेर आगलागी नियन्त्रण गर्न सक्रिय रहनुभएका जुद्ध वारुण यन्त्र भक्तपुरका सूचना अधिकारी एवम् अग्नि नियन्त्रक विज्ञ विजयप्रसाद धौभडेलले ९० प्रतिशत आगो नियन्त्रणमा आएको र बाँकी आगो नियन्त्रणको प्रयास भइरहेको बताए । फर्निचर काराखानामा भएको आगलागीबाट सँगैको एक घरमा सामान्य क्षति पुगे पनि मानवीय क्षति कतै नभएको र कारखानासँगैको अर्को दुईवटा घरलाई क्षति हुनबाट जोगाएको उनले बताए ।

जुद्ध वारुण यन्त्र भक्तपुरका तीन, काठमाँडाँै र ललितपुरका दुई गरी पाँचवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको उनले बताए । अचानक हावाहुरीसहित भइरहेको वर्षाका कारणले आगलागी नियन्त्रणमा ल्याउन समस्या भइरहेको उनले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ४९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब