काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ ।
आइतबार साँझ बुढानिलकण्ठबाट प्रकाउ परेका उनलाई परिसरमा ल्याइएको प्रहरीले जनाएको छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएपछि रायमाझी फरार थिए। उनीविरुद्ध बैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । यो प्रकरणमा अहिलेसम्म दुई पूर्वमन्त्रीसहित १३ जना पक्राउ परिसकेका छन् ।













प्रतिक्रिया