तफेजुलको हत्या प्रकरण : चार जना पक्राउ « Khabarhub

तफेजुलको हत्या प्रकरण : चार जना पक्राउ


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सप्तरीको रुपनी गाउँपालिका–१ मा आज भएको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाका २० वर्षीय तफेजुलको हत्या घटनाको अनुसन्धानका लागि रुपनी–१ का चार जनालाई नियन्त्रणमा लिएको र उनीहरूलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।

पूर्व–पश्चिम राजमार्गस्थित सडक किनारको खेतमा तफेजुलको हत्या भएको अवस्थामा आज शव फेला परेको हो । मृतकको शरीरमा नीलडाम र घिसारिएको चोट र दाग रहेको छ । शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

हत्याको कारण र आरोपितको पहिचान हुन नसकेको तथा अनुसन्धान भइरहेको प्रनाउ सिंहले बताए । धनुषाको मिथिला नगरपालिकास्थित लालगढको केनाइन शाखाको तालिम प्राप्त कुकुरले घटनास्थलमा अनुसन्धान गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १० : ३४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब