राष्ट्रपतिद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त « Khabarhub

राष्ट्रपतिद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्रका सेनानी, जननायक बिपी कोइराला स्मृति ट्रष्टका संस्थापक तथा कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले शोक सन्देशमार्फत बस्नेनको आत्माको चीर शान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको ट्रष्टले जनाएको छ । सोलुखुम्बुमा जन्मेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन समपर्ण गगरेका बस्नेत एक निष्ठावान र इमान्दार राजनीतिकर्मीका रुपमा परिचित भएका राष्ट्रपतिले उल्लेख गरेका छन् ।

विसं २०१७ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरेर निरङ्कुश तानाशाही व्यवस्था लादिएपछि त्यसका विरुद्धमा कलिलै उमेरबाट बस्नेतले आफूलाई होमिएका थिए । लामो समयसँगै जेलमा सँगै बसेका दिनहरु सम्झँदै राष्ट्रपतिले गणतन्त्र सुदृढिकरण, प्रजातान्त्रिक मूल्यमान्यताको विकास र प्रेस स्वतन्त्रतालाई मूल मुद्दा बनाएर बस्नेतले संविधानसभामा गर्ने बहस स्मरणीय रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपतिबाट प्राप्त शोक सन्देश आज स्व बस्नेतको परिवारजन समक्ष उनको निवास सिफल हाइटमा वाचन गरिएको थियो । उक्त सन्देश लिएर राष्ट्रपतिकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलसहितका अन्य उच्च अधिकारीको उपस्थिती थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १० : ५९ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा