संकटमा नर्सिङ शिक्षा : नेपालका कलेज बन्द, सीमावर्ती भारतीय कलेजमा नेपालीको चाप « Khabarhub

संकटमा नर्सिङ शिक्षा : नेपालका कलेज बन्द, सीमावर्ती भारतीय कलेजमा नेपालीको चाप


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नेपालमा नर्सिङ तथा पारामेडिक्स शिक्षाको क्षेत्र व्यवस्थित बन्न नसकेको भन्दै विभिन्न कोणबाट बहस भइरहेका छन् । नर्सिङ तथा पारामेडिक्स अध्ययन गर्न चाहने हजारौँ विद्यार्थीहरू विदेशिनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर निजी क्षेत्रबाट सञ्चालित नर्सिङ पढाउने प्रतिष्ठानहरू धराशायी हुनुपर्ने अवस्था छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार चिकित्सा शिक्षा आयोग गठन भएपश्चात नर्सिङ शिक्षामा असहज परिस्थितिको सिर्जना भएको देखिन्छ । आयोगका परीक्षासम्बन्धी कार्यविधि, नियमावली र अन्य केही ऐनकै कारणले गर्दा नर्सिङ शिक्षा दिन प्रतिदिन धराशायी बन्दै गइरहेको छ । यसो हुँदा आगामी केही वर्षमा मुलुकमा नर्सिङ जनशक्तिको अभाव हुने भन्दै सरोकारवालाहरूले विदेशबाट नर्सिङ जनशक्तिको आयात गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी समेत दिने गरेका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ मा एक सय शैया भएको अस्पतालले नर्सिङ कार्यक्रम सञ्चालन गर्नसक्ने उल्लेख छ । स्टाफ नर्स तहको कार्यक्रम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीईभीटीको र बीएससी नर्सिङ, बिएनएस कार्यक्रम विश्वविद्यालय तथा प्रतिष्ठानबाट सम्बन्धन लिई सञ्चालन गरिने कार्यक्रम हो ।

यद्यपि शैक्षिक सत्र २०७७-७८ देखि नै चिकित्सा शिक्षा आयोगले १ सय शैयाको अस्पताल भएका कलेजले सीटीईभीटी र विश्वविद्यालयमध्ये कुनै एउटामात्रै कार्यक्रम सञ्चालन गर्न पाउने भनी बन्देज लगायो ।

चिकित्सा शिक्षा ऐनमा विश्वविद्यालय र प्रतिष्ठानहरूले प्रमाणपत्र तहका कार्यक्रम सञ्चालन गर्न नपाउने भनी उल्लेख गरिएको भएपनि आयोगले सीटीईभीटीका कार्यक्रमहरू समेत सञ्चालन गर्न नपाउने गरी रोक लगायो । यस कारण देशभरका ७८ कलेज बन्द हुनपुगे ।

त्यसबाहेक नर्सिङ अध्ययनका लागि दिइने प्रवेश परीक्षामा पनि बेथिती रहेको सरोकारवालाहरू बताउँछन् । २०७७/७८ बाट चिकित्सा शिक्षा आयोगले केन्द्रीकृत प्रवेश परीक्षा सञ्चालन गर्न थालेदेखि प्रवेश परीक्षाको नतिजा प्रकाशन हुन १० महिनासम्मको समय लाग्दै आएको छ ।

यसबाट नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीहरूको समय खेर जाने र १० महिना कुर्दासमेत उत्तीर्ण हुने ग्यारेन्टी नहुने भएका कारण कैयौँ विद्यार्थीहरू नेपालमा पढ्न छाडेर विदेशिने गरेका छन् ।

त्यसबाहेक आयोगले नर्सिङ र एमबीबीएसको प्रवेश परीक्षाका लागि एउटै प्रश्नावली तयार पारेका कारण पनि नर्सिङ पढ्न चाहने विद्यार्थीहरु नेपालमै बस्न इच्छुक देखिँदैनन् । यसबाट नर्सिङ कलेजका सिटहरु पनि खाली हुन थालेका छन् ।

यस्तै, आयोगले नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीको प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित गर्दा पनि अव्यवहारिक नीति लिएको आलोचकहरु बताउँछन् ।

सकेसम्म धेरै विद्यार्थीहरू प्रवेश परीक्षामा अनुत्तीर्ण हुन् भन्ने उद्देश्यले कूल प्रवेश परीक्षा दिने आधा विद्यार्थीमात्र उत्तीर्ण हुने अनौठो नीति लिएका कारण पनि विद्यार्थीहरू नेपालमा टिक्न नसकेको बताइन्छ ।

यससँगै एकातिर सीमा जोडिएका भारतका सहरहरुमा खुलेका नर्सिङ कलेजमा नेपाली विद्यार्थीको चाप बढी हुने र अर्कोतिर नेपालमा स्थापित कलेजमा विद्यार्थीको अभाव हुने अवस्था देखिएको छ । अहिले पानीट्याङ्की, पूर्णीया, फोरविसगंज, रक्सौल, सुनौली, जयनगरलगायत सीमावर्ती भारतीय सहरहरुमा स्थापित नर्सिङ कलेजमा नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै जान थालेको छ ।

अर्कोतर्फ राष्ट्रिय चिकित्सा शिक्षा ऐन आएदेखि नेपालका नर्सिङ कजेलहरुको सङ्ख्या भने घट्दै जान थालेको छ । ऐन बन्नुअघि नेपालमा पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनमा रहेका कलेजको सङ्ख्या ११७ रहेकोमा हाल त्यो घटेर ३९ मा झरेको छ । त्यस्तै, स्नातक कार्यक्रम सञ्चालन हुने कलेजहरुको सङ्ख्या पनि यो अवधिमा ५३ बाट घटेर २९ पुगेको छ ।

यसको प्रत्यक्ष असर नर्सिङ अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्यामा परेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा मात्रै २० हजारभन्दा धेरै नेपाली विद्यार्थीहरू नर्सिङ अध्ययनका लागि विदेशिएका छन् । यस अवधिमा विदेशमा नर्सिङ अध्ययनका लागि ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ७ : ५० बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना