कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने « Khabarhub

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८०र०८१ को बजेटको नीति तथा  कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । 

मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेश प्रमुख खापुङलाई प्रदेशसभामा प्रस्तुत गर्न आग्रह गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिएका छन् ।

अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउन बुधबार नै बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रदेश सरकार अल्पमतमा परिसकेको र असार १ गते बजेट ल्याउनै पर्ने भएकाले अध्यादेशको विकल्प नभएको एमालेका प्रदेश सांसद लिलाबल्लभ अधिकारीले बताए।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ७ : २७ बजे

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको

कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक

कतारमा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका सातमध्ये तीन जना टर्किस नागरिक

काठमाडौं- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं– परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा