जुन १६ मा देशव्यापी रिलिज हुँदै आदिपुरुष « Khabarhub

जुन १६ मा देशव्यापी रिलिज हुँदै आदिपुरुष


३१ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– निर्देशक ओम राउतको आगामी फिल्म आदिपुरुषलाई लिएर निकै चर्चा चलेको छ । अब फिल्म रिलिज हुन २ दिन मात्रै बाँकी रहेको र जुन १६ मा देशव्यापी रिलिज हुँदैछ । 

रिलिज हुनुअघि नै फिल्मको चर्चा निकै भैरहेको छ । प्रभास, कृति सेनन, सन्नी सिंह र सैफ अली खान स्टारर फिल्म आदिपुरुष ठूलो बजेटको फिल्म हो । मिडिया रिपोर्टका अनुसार यो फिल्म ५०० करोडको बजेटमा बनेको हो ।

फिल्म रिलिज हुनुअघि नै निर्माताले २१० करोड कमाइसकेका छन् । वास्तवमा, फिल्म रिलिज हुनु अघि, फिल्मको ओटीटी र टिभी अधिकारको लागि ठूलो सम्झौता गरिएको छ।

फिल्म ट्रेड एनालिस्ट रमेश बालाका अनुसार तेलंगाना र आन्ध्र प्रदेशमा फिल्मको अधिकार करिब १५० करोड भारुमा गरिएको छ । योसँगै हिन्दी बेल्टमा १२० करोडमा राइट्स बिक्री भएको छ, यस्तो अवस्थामा फिल्मले रिलिजअघि नै २१० करोड कमाइसकेको छ ।

आदिपुरुषले सप्ताहन्तमा राष्ट्रिय चेनमा ३५ हजार टिकट बिक्री गरेको छ । पिविआर र आइनेक्सले क्रमशः ८८ हजार र ६१ हजार टिकट बिक्री गरेर अग्रस्थानमा रहेको छ भने सिनेपोलिसले ३५ हजार टिकट बेचेका छन्। यो ६ घण्टाको ब्रेकमा धेरै राम्रो जम्प हो किनभने फिल्म लगभग सबै टिकट बेचिसकेको छन । 

अब यो फिल्मले बक्स अफिसमा रेकर्ड तोड्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ८ : ३८ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै