गण्डकीमा ‘प्रदेशको उत्पादन, हाम्रो पहिचान’ कार्यक्रम « Khabarhub

गण्डकीमा ‘प्रदेशको उत्पादन, हाम्रो पहिचान’ कार्यक्रम


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशमा ‘प्रदेशको उत्पादन, हाम्रो पहिचान’ कार्यक्रम सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवाको उपयोगमा प्रोत्साहन गर्न सो  कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

उक्त कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सार्वजनिक निकायहरूमा प्रदेशभित्र उत्पादित वस्तु उपयोग गर्ने नीति लिइने सरकारले जनाएको छ । ‘आर्थिक विकासको आधार, उद्यमशीलता र रोजगार’ नारालाई परिस्कृतरूपमा लागू गर्न स्थानीय तहहरूको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ ।

प्रदेशभित्रका हरेक स्थानीय तहमा उद्यमशीलताको माध्यमबाट रोजगारी सिर्जना गर्नका लागि लघुउद्यम कार्यक्रममार्फत लक्षित वर्गलाई आयआर्जन र रोजगारी सिर्जना हुने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । लघु घरेलु उद्यमीको उत्पादित वस्तुको बजारीकरणका लागि प्रदेशस्तरमा बिक्रीकक्ष स्थापना गर्ने नीति लिइने सरकारले उल्लेख गरेको छ ।

सङ्घ सरकारसँगको समन्वय र स्थानीय तहको सहकार्यमा प्रदेश गौरवको आयोजनाका रूपमा रहेका कास्की र तनहुँको पुँडीटार, नवलपुरको  लोकाहाखोलामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्र स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि पूर्वाधार निर्माणकार्यलाई प्राथमिकता दिइने भनिएको छ ।

स्थानीय स्रोत, सीप तथा प्रविधिमा आधारित घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्द्धन गर्ने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ । आधुनिक प्रविधिको प्रयोग गरी स्थानीयरूपमा उत्पादित मदिराको गुणस्तर वृद्धि गर्दै ब्रान्डिङ गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने सरकारले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ९ : ०० बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य