राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आज | Khabarhub Khabarhub

राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आज


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय बिमा कम्पनीको वार्षिक साधारणसभा बुधबार बस्दैछ । 

साधारणसभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८-६९, २०६९-७०२०७०-७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०-७१, २०७१-७२ र २०७२-७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । 

यस पटक पनि कम्पनीले लाभांश वितरण भने नगर्ने भएको छ । तसर्थ, लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरूको वासलात तथा नाफा नोक्सानसम्बन्धी प्रस्तावहरू पनि पेस गरिँदै छ । 

यस्तै, सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १० : ५१ बजे

पशुपतिमा नवरात्री महोत्सव

काठमाडौं– बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ

स्थानीय वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पिएसजीका उस्मान डेम्बेलेले जिते ‘बालोन डी’ओर अवार्ड

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी)का उस्मान डेम्बेलेले यो वर्षको

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बिमा दाबी

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब

इक्वेडरमा कैदीको झडप : १४ जनाको मृत्यु

क्विटो – इक्वेडरमा कैदीहरूबीच भएको झडपमा बन्दुक र विस्फोटक पदार्थको