भ्रष्टाचार निर्मूल गर्छु : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

भ्रष्टाचार निर्मूल गर्छु : प्रधानमन्त्री प्रचण्ड


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् ।

पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता धनिराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले सरकार सुशासन कायम गर्न दृढतापूर्वक अगाडि बढिरहेको बताए । 

उनले भने, ‘कतिपयले आशंका गरेको देख्छु, सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो ।’ भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाउँदै उनले कहीँ सम्झौता नहुने प्रतिबद्धता व्यक्त गरे । 

नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन आफूहरू क्रियाशील रहेको जनाउँदै अध्यक्ष दाहालले समाजवादी क्रान्ति सम्पन्न गर्न आफूहरू समाजवादी मोर्चा बनाउने प्रक्रियामा केन्द्रित भएको बताए । 

डिआर पौडेलको आकस्मिक निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै उनले आफ्नो जिम्मेवारीलाई पौडेलले निरन्तर पूरा गर्दै आएको स्मरण गरे। प्रधानमन्त्री दाहालले भने, ‘उनलाई जनताको बीचमा स्थापित गराउन मैले शिक्षामन्त्रीको जिम्मेवारी दिएको थिएँ । उहाँले आफ्नो जिम्मेवारीमा राम्रो पनि गर्नुभयो ।’

पछिल्लो समय आन्दोलनका उपलब्धीमाथि प्रहार भइरहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएका बताए। ‘यसका विरुद्ध सङ्घर्ष गर्दै आन्दोलनका उपलब्धिको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । कम्युनिस्ट मात्रै इमानदार र सक्षम हुन्छन् भन्ने पुष्टि गर्नुछ, तसर्थ सरकारको मोर्चालाई सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्छ’, प्रधानमन्त्री दाहालले भने ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हरहालतमा सरकारलाई सफल बनाउनु सबैको दायित्व भएको बताए । समृद्धिको यात्रालाई तीव्र पार्नुपर्नेमा जोड दिँदै उनले जनआकाङ्क्षा पूरा गर्न वर्तमान सरकार सफल हुनुपर्ने दाबी गरे । 

‘माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धको बलमा राजनीतिक परिवर्तन भयो, तर आर्थिक सामाजिक रूपान्तरण हुन सकेको छैन’, उनले भने, ‘ऐतिहासिक राजनीतिक परिवर्तनले निर्देश गरेको र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रूपान्तरणको अनुभूति भएको छैन, केही उपलब्धि भएका छन् तर जुनस्तरको हुनपथ्र्यो, त्यसो हुनसकेको छैन, यसलाई वर्तमान सरकारले सार्थक बनाउनेछ ।’

कार्यक्रममा माओवादीका उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव हरिबोल गजुरेल र गिरिराजमणि पोखरेललगायत नेताले दिवङ्गत नेता पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ११ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै