प्रविधिमय बन्दै सामुदायिक विद्यालय « Khabarhub

प्रविधिमय बन्दै सामुदायिक विद्यालय


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुम कार्मारोङ्ग गाउँपालिका-९ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा फूलमाया बुढा दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा लिन पाएपछि खुब हर्षित छिन् ।  आधुनिक प्रविधिको पठनपाठन प्रभावकारी बन्न थालेसँगै सामुदायिक विद्यालयहरू प्रविधिमय बन्न थालेका छन् । 

विद्युतीकरण र इन्टरनेटको पहुँच पुगेपछि सामुदायिक विद्यालयहरूमा डिजिटल प्रविधिबाट पठनपाठन हुन थालेको छ । आधुनिक प्रविधिको जमाना अनुसारकै कम्प्युटर शिक्षा प्रभावकारी बन्दै गएको छ ।

मुगुका ग्रामीण क्षेत्रमा सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाको पठनपाठन थालनी गरेपछि  विद्यार्थीको आकर्षण बढेको छ । बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा सुरु भएपछि दुर्गमका विद्यार्थीहरू निकै उत्साही भएको कक्षा ६ मा अध्ययनरत विद्यार्थी निराजन बुढाले बताए ।  

ग्रामीण क्षेत्रका विद्यार्थीले आधारभूत कम्प्युटर शिक्षा प्राप्त गर्नका लागि सदरमुकाम धाउनपर्ने बाध्यता समेत हटेको छ । प्राय: मुगुका विद्यार्थी किताब अभावकै कारण पठनपाठनमा सास्ती खेपि रहेका विद्यार्थीहरू पछिल्लो समय गाउँ घरकै विद्यालयमा कम्प्युटर शिक्षा लिन पाएपछि खुसी लागेको विद्यार्थी मनकी माया बढुवालले बताइन् । 

कम्प्युटर शिक्षा लागू भएपछि पछिल्लो समय विद्यार्थीहरूको पठनपाठनमा उत्तिकै सहभागिता रहेको छ । पाठ्यक्रम विकासले पनि अहिले कम्प्युटर विषयको किताब नै राखिदिएपछि १० वटा कम्प्युटरबाट शिक्षा दिइरहेको विद्यालयले जनाएको छ । दुई वर्षदेखि सञ्चालनमा आएको आधारभूत कम्प्युटर शिक्षा कक्षा ६ , ७ , ८ लाई यो शिक्षा प्रदान गरि रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक विटालुले जानकारी दिए ।   

विद्यार्थीमा प्राविधिक ज्ञानका लागि विद्यालयमा कम्प्युटर शिक्षाको सुरुआत भएपछि शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास रहेको छ । ई-लर्निङ्ग कक्षामा एकैपटक एक सय भन्दा बढि विद्यार्थीहरूले विषयगत पाठ्यसामग्री र अन्य सन्दर्भसामग्री लगायत विविध विषयमा अध्ययन गर्न सकिने भएपछि सहजता थपिएको छ ।

 

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १२ : ३९ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको