बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको भन्दै चिकित्सक संघको निन्दा | Khabarhub Khabarhub

बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको भन्दै चिकित्सक संघको निन्दा


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा बिरामीका आफन्तहरुले अस्पतालमा तोडफोड गरेको, चिकित्सक र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघले निन्दा गरेको छ ।

असार २८ गते ‘ल्याप्रोस्कोपिक कन्भर्टे टु ओपन कोलेसेस्टेक्टोमी’ शल्यक्रिया गरी हुँदै गरेको बिरामीको अकस्मात ‘हाइपोक्सिक इसेमिक इन्सेफेलोपेथी’ भई हाल आई.सी.यू. मा उपचार भइरहेको भन्दै संघले बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि गालीगलौज गरी अभद्र व्यवहार गरेको उल्लेख गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै उपचारत बिरामीको गम्भीर्यतालाई नबुझी अस्वभाविक रुपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुर्‍याउँदा तनाव सिर्जना भएको उल्लेख गरेको छ ।

बिरामीहरुको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मीलगायतलाई मानसिक रुपमा तनाव दिइनु गैर मानवीय कार्य रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपचार प्रक्रियामा चित्त नबुझे कानूनी बाटो अवलम्बन गर्ने प्रावधान हुँदाहुँदै पनि अस्पताल नै तोडफोड गर्नेजस्तो अपराधिक गतिविधिमा संलग्न हुनु दुःखद रहेको संघले जनाएको छ ।

संघले यस्तो कार्यमा संलग्न दोषीमाथि छानबिन गरी कानूनी कारबाही गर्न पनि सरकार तथा स्थानीय सुरक्षा निकायसमक्ष माग गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ४ : ०२ बजे

केपी ओली सत्ताबाट हटेसँगै विद्या भण्डारीसँग शेरधनको ‘साउती’

काठमाडौँ– जेन–जीहरूले चलाएको आन्दोलनबाट दुई दिनमै सत्ताच्युत भएका नेकपा एमालेका

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

वासिङ्टन – बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको

मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला

मुस्ताङ – यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

जुम्ला – कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु

भक्तपुर – घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्ति पीठहरुमा