प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम संसदीय सुनुवाइ बिहीबार « Khabarhub

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम संसदीय सुनुवाइ बिहीबार


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अन्तिम संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकले बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो ।

बुधबार उजुरीकर्ताहरुसँग छलफल गरेको समितिले बिहीबार कार्कीलाई बोलाउने निर्णय गरेको हो । बिहीबार कार्कीलाई आफूमाथि लागेको आरोपबारे प्रष्टीकरण गर्न र आफ्नो कार्ययोजना प्रस्तुत गर्न दिइनेछ ।

संसदीय समितिले सुनुवाइपछि नाम अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार बिहीबार समितिले उनको नाम अनुमोदन गरेमा प्रधानन्यायाधीश हुने बाटो खुला हुनेछ ।

आगामी साउन २० गतेबाट कार्कीले अनिवार्य अवकाश पाउँदैछन् ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ४ : २७ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा