संसद भवनअगाडि प्रदर्शन गर्ने विद्यार्थी प्रहरीको नियन्त्रणमा « Khabarhub

संसद भवनअगाडि प्रदर्शन गर्ने विद्यार्थी प्रहरीको नियन्त्रणमा


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै संसद भवनअगाडि प्रदर्शन गर्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐन लगायतका ऐन छिटो पारित गर्नुपर्ने भन्दै संसद भवन अगाडी प्रदर्शन गर्ने नेविसंघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । संसद भवनको गेट अगाडी प्रदर्शन सुरु गर्ने बितिकै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुले शिक्षा ऐन जारी गर, शिक्षा परिवर्तनको बाटो खोजलगायतका नारा लगाएका थिए । शिक्षा क्षेत्रसँग सम्बन्धित कानून समयमा नै नबनाउदा शिक्षाको लागि आवश्यक नीतिगत निर्णय नभएर शिक्षा क्षेत्र पछाडि परेको उनीहरुको भनाइ छ ।

उनीहरुले शिक्षा सम्बन्धी ऐन अघि बढाउने विषयमा सरकार मौन बसे आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ६ : १७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका