साइबर अपराधमा चिनियाँ ह्याकर | Khabarhub Khabarhub

साइबर अपराधमा चिनियाँ ह्याकर


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

देशभित्र मानव अधिकारको हनन, विदेशमा हुने निर्वाचनमा हस्तक्षेप, युवा बेरोजगारी, आर्थिक संकट र देशमा बढ्दै गएको निराशा पछिल्लो समयमा चीनका समाचारका विषय बने। त्यसै चीनमा हत्या र हिंसा बढ्दै गएको समाचार पनि प्रकाशमा आएका छन्। चीन पछिल्लो समय थप विषयमा आलोचित हुन थालेको छ।

पछिल्लो समय इन्टरनेट संसारलाई साँघुरो बनाएको छ। साथै हरेक कार्य सहज बनाएको छ। यसै इन्टरनेटमा ह्याकरको प्रभावले हरेक कामको गोप्यताको नियम भङ्ग पनि हुन थालेका छन्। ह्याकरकै कारणले आर्थिक कारोबार पनि जोखिमपूर्ण बन्दै गएको छ। यस किसिमका गलत गतिविधिमा पनि चिनियाँ धेरै नै अगाडि छन्।

माइक्रोसफ्टले अहिले रहस्यात्मक विषय बाहिर ल्याएको छ। चिनियाँ ह्याकर २५ वटा महत्त्वपूर्ण संस्थाको मेल आइडीको पहुँचमा पुगेको छ। यसमा सरकारी निकाय पनि समावेश छन्। माइक्रोसफ्टले ती सबै सरकारी निकायको बारे अझै खुलाइ सकेको छैन। अमेरिकी वाणिज्य विभागले भने माइक्रोसफ्टले भने अनुसार सरकारी निकायको मेल आइडीको पहुँचमा चिनियाँ ह्याकर रहेको स्वीकार गरिसकेको छ।

माइक्रोसफ्टले अहिले रहस्यात्मक विषय बाहिर ल्याएको छ। चिनियाँ ह्याकर २५ वटा महत्त्वपूर्ण संस्थाको मेल आइडीको पहुँचमा पुगेको छ। यसमा सरकारी निकाय पनि समावेश छन्।

विभागका सचिव जिनो रिमान्डोले जनाए अनुसार व्यक्ति नै यस गलत कार्यमा संलग्न रहेको जनाएका छन्।माइक्रोसफ्टका अनुसार ३ सय ६५ सिस्टममा असर गरेको छ। कम्पनीले सो समस्या तत्काल हल हुने जनाएको छ।
कम्पनी सबै सिस्टमको बारे अध्ययन गर्दै ह्याकरले कुनै प्रभाव पार्न नसक्ने गरी सिस्टम बनाउन लागि परेको छ। केही दिनमा नै यसको ठोस परिणाम आउने अपेक्षा गरिएको छ।

अमेरिकी सञ्चार माध्यमका अनुसार विदेश मन्त्रालय नै ह्याकरको निसानामा परेको छ। लन्डनमा रहेको चिनियाँ दूतावासले यस घटनाको खण्डन गर्दै अमेरिका नै सबै भन्दा ठुलो ह्याकर भएको जनाएको छ।

अमेरिकी वाणिज्य विभागले भने माइक्रोसफ्टले भने अनुसार सरकारी निकायको मेल आइडीको पहुँचमा चिनियाँ ह्याकर रहेको स्वीकार गरिसकेको छ।

स्टोर्म ०५५८ नामक ह्याकरसँग सम्बन्धित एक कम्पनीले फर्जी तरिकाले अथेन्टीकेसन कोड लिँदै यस गलत कार्यमा अघि बढेको हो। यो अथेन्टीकेसन टोकन व्यक्तिको पहिचानका लागि गुगलले प्रदान गर्छ। स्टोर्म ०५५८ को पहिलो लक्ष्य नै पश्चिमा देशका सरकार हुन्। त्यसबाट तथ्याङ्कहरू बटुल्ने, चोर्ने र भरपर्दो स्थानमा प्रवाह गर्ने उनीहरूको योजना हो।

कम्पनीले जनाए अनुसार यस किसिमको चोरी मे महिनाको मध्यमा सुरु भएको थियो। यसै माध्यमबाट उनीहरू धेरै ग्राहकलाई प्रभावित पार्न सफल भइसकेका छन्। त्यस भन्दा अघिको कदमका बारे कुनै प्रमाण फेला नपरी सकेको समेत कम्पनीले जनाएको छ। मे महिनामै ग्वाममा रहेको अमेरिकी सैन्य शिविरको गोप्यता पत्ता लगाउन ह्याकरले गुपचुप रूपमा मालवेरको प्रयोग गरेका थिए। विज्ञकै अनुसार परिचित साइबर बादशाह अमेरिकाविरुद्ध जासुसी गर्न लागि परेका छन्।

बेइजिङले भने यो आरोप अफवाह मात्र भएको भन्दै माइक्रोसफ्टलाई नै गैर व्यावसायिक कम्पनीको आरोप लगाएको छ। चीनले लगातार प्रमाण नभएको भन्दै आरोपलाई अस्वीकार गरेको छ।

ग्वामको त्यो सैन्य शिविर एसियामा हुने कुनै पनि पश्चिमा शक्तिको सैन्य गतिविधिको मूल आधार हुनसक्ने छ। बेइजिङले भने यो आरोप अफवाह मात्र भएको भन्दै माइक्रोसफ्टलाई नै गैर व्यावसायिक कम्पनीको आरोप लगाएको छ। चीनले लगातार प्रमाण नभएको भन्दै आरोपलाई अस्वीकार गरेको छ।

वाणिज्य सेक्रेटरी जीना रियामेन्डको इमेल आइडी नै ह्याक भएको जनाइएको छ। केही सञ्चार माध्यममा यो समाचार आएपछि मन्त्रालयले बुधवार यसको पुष्टि गरेको हो। रुससँग सम्बन्धित केही साइबार कम्पनीले अमेरिकी निकायको सूचना ह्याक गर्ने प्रयास गरेको एक सातापछि नै चिनियाँ आक्रमणको पुष्टि भएको हो। जुन महिनाको मध्यमा नै शङ्कास्पद गतिविधि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय राष्ट्रपति जो वाइडेनका विश्वास पात्रको रूपमा परिचित रियोमेन्ड चीनप्रति बढी आक्रामक थिइन्। उनकै कारण वैदेशिक कम्पनीले अनुमति नलिई अमेरिकी प्रविधिको प्रयोग गर्न नपाइने ऐन बनेको थियो। सो ऐनले ६ सय भन्दा बढी चिनियाँ संस्था प्रभावित थिए।

गत महिना नै अमेरिकी निकायले क्लाउड सुरक्षामा संकट आएको जनाएका थिए। त्यस सङ्कटमा बारे पूर्ण प्रतिवेदन आउन नै बाँकी छ। अमेरिकी सरकारले नै माइक्रोसफ्टलाई क्लाउड सुरक्षामा आएको समस्या समाधान गर्न भनेको थियो।

अमेरिकी निकायले सुरक्षित हुनका लागि थप सावधानी अपनाउन आवश्यक रहेको जनाएका छन्। ती कम्पनीले सबै गतिविधिलाई नजिकबाट नियाल्ने जनाएका छन्। यी सबै विषय छानबिनको क्रममा रहेको उनीहरूले जनाएका छन्।
साइबर सेक्युरिटी वेस्ट प्राक्टिस (सीआइएसए) र केन्द्रीय अनुसन्धान ब्युरो (एफबीआई)ले विश्वव्यापी दुई दर्जन भन्दा बढी संस्था प्रभावमा रहेको जनाएको छ।

गत महिना नै अमेरिकी निकायले क्लाउड सुरक्षामा संकट आएको जनाएका थिए। त्यस सङ्कटमा बारे पूर्ण प्रतिवेदन आउन नै बाँकी छ। अमेरिकी सरकारले नै माइक्रोसफ्टलाई क्लाउड सुरक्षामा आएको समस्या समाधान गर्न भनेको थियो।

यसै तथ्यांक प्रभावमा परेको छ भन्ने कुराको जानकारी एफबीआईले समेत पत्तो पाएको छैन। माइक्रोसफ्ट ३६५ प्रयोगकर्ता तथा शुल्क नतिरी यसको प्रयोग गर्ने अन्य निकाय पनि प्रभावमा पर्न सक्ने जनाइएको छ।

अमेरिकी संसदमा समेत यसको चर्चा चलेको छ। सिनेटको इन्टेल कमिटीका प्रमुख मार्क र्वानरले हरेक चिनियाँ गुप्तचरको गतिविधि निगरानी गर्नु आवश्यक रहेको जनाएका छन्। वार्नरले चिनिया सरकार नै यसमा लागि परेका कारण अमेरिकी सरकार पनि बढी चनाखो हुनुपर्नेमा जोड दिएका छन्।

अमेरिकी संसदमा समेत यसको चर्चा चलेको छ। सिनेटको इन्टेल कमिटीका प्रमुख मार्क र्वानरले हरेक चिनियाँ गुप्तचरको गतिविधि निगरानी गर्नु आवश्यक रहेको जनाएका छन्।

संसद्का साइबर विभागका प्रमुख एन्ड्रयु गारबिनोले सीआइएसएसँग समन्वय गरेर साइबर सुरक्षामा थप नीति बनाउन आवश्यक रहेकोमा जोड दिएका छन्। उनले सङ्घीय सरकार यसमा सचेत हुनुपर्ने बताएका छन्।

यसअघि रुसी साइबर ह्यकरले फाइल ट्रान्सफर सिस्टममा आक्रमण गरेको तथ्य फेला परेको थियो। सो समयमा ऊर्जा विभाग आक्रमणको सबै भन्दा बढी सिकार भएको थियो।

संसारमा अहिले शक्तिका धेरै श्रोत मध्य सूचना एउटा प्रमुख शक्ति भएको कुरा नकार्न मिल्दैन। पछिल्लो समय एआईको प्रभाव बढी रहेको समयमा चिनियाँ ह्याकरको यो हरकतले धेरैलाई दुःख दिन सक्ने छ।

साथै धेरै अन्तर्राष्ट्रिय साइबर विज्ञ चिनियासँग कुनै पनि विषयमा सहकार्य गर्नु अत्यन्त जोखिम हुनसक्ने बताउँछन्। चिनियासँग गरिएको मेल पनि घातक साबित हुन सक्ने धेरैको मत छ। स्रोतः बीबीसी ,पोलिटिको

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : २१ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी