वडा कार्यालयको निर्माण गरिने « Khabarhub

वडा कार्यालयको निर्माण गरिने


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरका ३३ वडामध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको वडा नं १७ मा सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिने भएको छ ।   

उपत्यका नगर विकास समितिको ड्यामसाइडस्थित पाँच रोपनी जग्गामा  महानगरको पाँच करोड ३२ लाख ५४ हजारको लागतमा नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रालिद्वारा सो भवन निर्माण गर्न सम्झौता गरिएको थियो ।

महानगरप्रमुख धनराज आचार्यले निर्माणाधीन भवन आज शिलान्यास गर्दै पोखराको समग्र विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे। उनले आगामी चार वर्षको अवधिमा महानगरको प्रमुख प्रशासकीय भवनका साथै सबै वडाका कार्यालयमा सुविधा सम्पन्न भवन निर्माण गरी जनतालाई सर्वसुलभ एवम् छिटोछरितो सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।

‘तोकिएको समयमा निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई दण्डित गर्न पनि महानगर पछि पर्दैन’, महानगरप्रमुख आचार्यले भने, ‘पोखराको विकासमा सबैले सत्यतथ्य र सकारात्मक सोचका साथ सहयोग गरिदिन हुन आग्रह गर्दछु ।’

उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका उनले सोही स्थानको करिब ४२ रोपनी जग्गामा रु एक अर्ब ५२ करोडको लागतमा महानगरको प्रमुख प्रशासकीय भवन निर्माण गर्ने तयारी भइरहेको जानकारी पनि दिए।

उपप्रमुख मञ्जुदेवी गुरुङले भवन निर्माणसँगै वडावासीलाई सेवा प्रवाहमा थप सुविधा पुग्ने विश्वास व्यक्त गरे । विकास निर्माणका सम्बन्धमा सबैको चासो रहनुपर्नेमा उनको जोड थियो ।

वडाअध्यक्ष राधिका शाही योगी वडा नं २ का वडाअध्यक्ष दिवसमान प्रधानाङ्ग, वडासदस्य तारा सेवालगायतले सेवा प्रवाहमा भौतिक संरचनाले सहयोग पुर्‍याउनेबारे चर्चा गरेका थिए । 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १ : १९ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय