प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा | Khabarhub Khabarhub

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ७९ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमध्ये १ लाख ६८ हजार ३९९ कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आउँदो आइतबाबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेस गर्नु पर्नेछ । यस्तै, ४ लाख ११ हजार ४३९ कित्ता सेयरमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक जो कोहीले शुक्रबारदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ । यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  २ : ०३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई