२ वर्षीय नातीको हत्या आराेपमा हजुरबुबा पक्राउ « Khabarhub

२ वर्षीय नातीको हत्या आराेपमा हजुरबुबा पक्राउ


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

बैतडी- आफ्नै २ वर्षीय नातिको हत्या गरेको आरोपमा ५० वर्षीय हजुरबुबा पक्राउ परेका छन् ।

बैतडीको पुर्चौडी नगरपालिका ६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउदलाई आफ्नै नातिको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गणेशले २ वर्षे नाति रेशम साउदको हत्या गरेको र अर्का ८ वर्षीय नाति रिजन साउदलाई कुटेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो ।

घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ३ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको