सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण सुरु « Khabarhub

सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण सुरु


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले गाउँका सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गर्न थालेको छ । आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य परामर्शसहित पोषणयुक्त खानेकुराको प्याकेज वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

सुत्केरी र बच्चाको स्वास्थ्य सुरक्षा सुनिश्चिताका लागि गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी आमा–स्वास्थ्य, सरसफाइका साथै पोषिलो खाना’ कार्यक्रम बनाएरै कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले बताए । गाउँपालिकाका विभिन्न वडा तथा टोलमा पुगेर सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज प्रदान गरिरहेको गाउँपालिका उपाध्यक्ष शान्ता आङ्बुहाङले जानकारी दिइन् ।

उनका अनुसार विभिन्न वडाका गरी दुई सयभन्दा बढी सुत्केरीलाई उक्त प्याकेज वितरण गरिसकिएको छ । बाँकी रहेकालाई समेत वितरण गर्ने कार्यक्रम जारी राखिएको छ । खाद्य प्याकेजमा स्थानीय स्तरमा पाइने घीउ, सिमी, अण्डा, चना, मटर लगायतका खानेकुरा, साबुनसहितका नौ प्रकारका सामग्रीसहितको झोला वितरण भइरहेको आङ्बुहाङले बताइन् ।

उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाई निरन्तरता दिन आगामी आर्थिक वर्षका लागि रु पाँच लाख बजेटसमेत विनियोजन गरिएको छ । आगामी आवदेखि सुत्केरी भएको एक महिनाभित्रै सुत्केरी महिलालाई उक्त प्याकेज पु¥याउने योजना छ । उक्त प्याकेज वितरणका लागि जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीसमेत खट्दै आएका छन् ।

सामान्य स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्शसमेत दिने गरिएको बताइएको छ । सकेसम्म घर–घरमै पुग्ने र अनुकूल नभए टोल–टोलमा भेला गराई वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ४ : २८ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय