विदेश जाने श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै वैदेशिक रोजगार व्यवसायीको आपत्ती « Khabarhub

विदेश जाने श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै वैदेशिक रोजगार व्यवसायीको आपत्ती


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना कारण अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काउने काम गरेको भन्दै आपत्ती जनाएको छ ।

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेश गर्दा पनि अध्यागमन कार्यालयले बिना कारण श्रमिकहरुलाई विमानस्थलबाटै फर्काउने काम गरेको भन्दै आपत्ती जनाएको हो ।

अध्यागमनका कर्मचारीले विगत केही दिनदेखि कानून विपरितको गलत सूचना दिने, अनावश्यक दुःख दिई बैदेशीक रोजगारीबाट बञ्चित गराउने उद्देश्यबाट प्रेरित भई हस्तक्षेपयुक्त कार्य गर्दै अएको संघले जनाएको छ ।

यस सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउदा पनि असार २४ गते जोर्डन जान लागेका १५ जना कामदार, असार २७ गते कुवेत जान लागेका ११७ जना कामदारलाई विमानस्थलबाट अनावश्यक दोषारोपणसहित जान नदिएर फर्काइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

उनले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेको र यसको जानकारी हुदा हुँदै पनि कामदारलाई रोक्ने काम गरिएको उनले बताए ।

विभागका श्रम स्वीकृति लिएको सम्पूर्ण जानकारी अनलाइन प्रणालीमार्फत अध्यागमनमा पनि जाने भएपनि त्यसलाई कर्मचारीले वेवास्ता गरेको उनको भनाइ छ ।

यस विषयमा संघले श्रममन्त्रीलगायत सबै सरोकारवालाहरुलाई जानकारी गराइसकेको भन्दै कामदार रोक्ने कार्यलाई निरन्तरता दिए कडा आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने संघले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : १५ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा