सरकारले मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन नचाहेको सांसद पन्तको आरोप « Khabarhub

सरकारले मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन नचाहेको सांसद पन्तको आरोप


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा पन्तले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फेलाउँदै हिड्ने सरकारले सदन चल्दा पनि मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन नचाहेको आरोप लगाएका हुन् । उनले उक्त विधेयक रोकिनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने माग गरे ।

त्यस्तै, सांसद पन्तले आफूले विधेयक नल्याउने तर दोष एमालेमाथि लगाउने कुरा उचित नभएको बताए ।

उनले संगीत नाट्य प्रतिष्ठानको भवनका लागि छुट्याएको १५ रोपनी जग्गा निजी क्षेत्रलाई भाडामा दिन तयार हुने तर संस्कृतिको जगेर्नाका लागि भने सरकारले कुनै काम गर्न नसकेको धारणा राखे । उनले आफू राजतन्त्रवादी नभएपनि गणतन्त्रवादीहरुले राम्रा काम राजाहरुबाट पनि सिक्न हुने तर्क गरे ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : २२ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट