नगरपालिकाका कर्मचारी खैरो हेरोइनसहित पक्राउ « Khabarhub

नगरपालिकाका कर्मचारी खैरो हेरोइनसहित पक्राउ


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारीसहित दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । पुनर्वास नगरपालिका १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसँगै असिम थापालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका ६ स्थित एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए । कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनी शुक्रबार कार्यालयमा अनुपस्थित रहेको बुझिएको छ । स्रोतका अनुसार सहायक वडासचिव समेत रहेका बडू करारका कर्मचारी हुन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ३३ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय