युक्रेनलाई नेटोमा सामेल गर्दा विश्व थप असुरक्षित हुन्छ : भ्लादिमिर पुटिन « Khabarhub

युक्रेनलाई नेटोमा सामेल गर्दा विश्व थप असुरक्षित हुन्छ : भ्लादिमिर पुटिन


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्दा विश्व थप असुरक्षित हुने बताएका छन् ।

पुटिनले भने, “मलाई विश्वास छ, यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउनेछ साथै अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याउनेछ ।”

राष्ट्रपति पुटिनले सन् २०२२ को फेब्रुअरी महिनामा युक्रेनलाई नेटो गठबन्धनमा सामेल हुनबाट रोक्न भन्दै सैन्य आक्रमण थालेका थिए ।

पुटिनले लिथुआनियामा भएको शिखर सम्मेलनका क्रममा नेटोले युक्रेनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो । यद्यपि युक्रेनको सदस्यताका लागि भने नेटोले कुनै समयसीमा दिएको छैन ।

आक्रमणकारी रूसी सेनालाई पछाडि धकेल्न युक्रेनले क्षेप्यास्त्रलगायत थप उन्नत र लामो दूरीका हतियारको माग गर्दै आएको छ ।

पुटिनले यसको पनि निन्दा गरेका छन् । उनले भने, “नयाँ हतियारको वितरणले युक्रेनी पक्षका लागि स्थितिलाई अझ बिगार्नेछ र द्वन्द्वलाई बढावा दिनेछ ।”

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ४० बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट