युक्रेनलाई नेटोमा सामेल गर्दा विश्व थप असुरक्षित हुन्छ : भ्लादिमिर पुटिन « Khabarhub

युक्रेनलाई नेटोमा सामेल गर्दा विश्व थप असुरक्षित हुन्छ : भ्लादिमिर पुटिन


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्दा विश्व थप असुरक्षित हुने बताएका छन् ।

पुटिनले भने, “मलाई विश्वास छ, यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउनेछ साथै अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याउनेछ ।”

राष्ट्रपति पुटिनले सन् २०२२ को फेब्रुअरी महिनामा युक्रेनलाई नेटो गठबन्धनमा सामेल हुनबाट रोक्न भन्दै सैन्य आक्रमण थालेका थिए ।

पुटिनले लिथुआनियामा भएको शिखर सम्मेलनका क्रममा नेटोले युक्रेनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो । यद्यपि युक्रेनको सदस्यताका लागि भने नेटोले कुनै समयसीमा दिएको छैन ।

आक्रमणकारी रूसी सेनालाई पछाडि धकेल्न युक्रेनले क्षेप्यास्त्रलगायत थप उन्नत र लामो दूरीका हतियारको माग गर्दै आएको छ ।

पुटिनले यसको पनि निन्दा गरेका छन् । उनले भने, “नयाँ हतियारको वितरणले युक्रेनी पक्षका लागि स्थितिलाई अझ बिगार्नेछ र द्वन्द्वलाई बढावा दिनेछ ।”

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै