आवश्यकता अनुसार संविधानको संशोधन हुन सक्छ : एमाले अध्यक्ष ओली | Khabarhub Khabarhub

आवश्यकता अनुसार संविधानको संशोधन हुन सक्छ : एमाले अध्यक्ष ओली


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २४ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनता र राष्ट्रको हित गर्नका लागि संविधान आवश्यक रहेको भन्दै राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका हुन् ।

ओलीले देशको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डता राष्ट्रिय स्वार्थलाई माथि उठाउने र सुशासन केन्द्रित संविधान जनताले चाहेको धारणा राखे । उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि अहिलेको संविधान आएपनि यसमा अपूर्ण देखि आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए ।

उनले भारतलगायतका देशमा पनि सयौं पटक संविधान संशोधन भएको उदाहरण दिँदै देशलाई अघि बढाउने सन्दर्भमा नेपालमा पनि आवश्यकता अनुसार संविधानको संशोधन हुन सक्ने बताए ।

ओलीले समग्रतामा मानवअधिकार पूर्ति हुनका लागि समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : ३० बजे

‘मेरी बास्सै’का दोस्रो पुस्ताका दुई कलाकार फिल्म निर्देशनमा

काठमाडौं – सामाजिक सञ्जाल र इन्टरनेटको पहुँच विस्तारले टिलिभिजनको क्रेज

तीन शतकसँगै भारतले जोगायो टेस्ट

काठमाडौं – कप्तान शुभमन गिलको सङ्घर्षपूर्ण शतकसँगै भारतले इंग्लयान्डसँगको चौथो

देशका धेरै भूभागमा वर्षा, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

स्पेनलाई हराउँदै इंग्ल्यान्ड बन्यो युरोपेली च्याम्पियन

स्वीजरल्यान्ड – स्पेनमाथि नाटकीय जित हात पार्दै इंग्ल्यान्डले महिला युरो