सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : सांसद पौडेल « Khabarhub

सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : सांसद पौडेल


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समिति राससको केन्द्रीय कार्यालयमा आज आयोजित नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको चौथो अधिवेशनमा उनले राजनीतिक दलसँगै पत्रकारिता क्षेत्रले सुशासन कायम गर्न सहकार्य गर्नुपर्ने बताए ।

“कुनै पनि सन्दर्भमा भ्रष्टाचार स्वीकार्य हुँदैन । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति निर्माण गर्न नसकेसम्म सुशासन कायम गर्न सकिँदैन”, उनले भने, “त्यसैले सुशासन कायम गर्ने सन्दर्भमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ ।”

नागरिकको समस्या र आवश्यकताका विषयमा आम सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले अधिवेशनबाट आउने नयाँ नेतृत्वलाई राजनीतिक निकटताभन्दा पनि वर्गीय हितमा केन्द्रित रहन सुझाव दिए ।

कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले कर्मचारीको क्षमता अभिवृद्धिमा आफूले विशेष ध्यान दिएको बताए । “राससलाई २१औँ शताब्दी सुहाउँदो र प्रतिस्पर्धी समाचार एजेन्सी बनाउने काम गरिरहेका छौँ । पछिल्लो समय बहुभाषामा समाचार सम्प्रेषण गर्ने तयारी भइरेको छ”, उनले भने ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससले पछिल्लो समय कर्मचारीको वृत्तिविकास र संस्थाको हितमा राम्रा काम अघि बढाएको बताए । राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले संस्थाले सरकारबाट जति अनुदान प्राप्त गरिरहेको छ, त्यसको तुलनामा कर्तव्य र जिम्मेवारी अब्बल ढङ्गले पूरा गरिरहेको बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नागिरक अभिव्यक्तिलाई प्राथमिकता दिन सुझाव दिए । यस्तै, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको सीप र क्षमता अभिवृद्धिमा जोड दिए ।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तूफानले राससका सेवालाई निःशुल्क बनाउँदा राससको गरीमा खस्कने बताए । युनियन राससका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद मिश्रले प्रेस स्वतन्त्रता, विधिको शासन र श्रमजीवि पत्रकारको हकहितका लागि प्रेस युनियनले स्थापनाकालदेखि निरन्तर काम गरिरहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईं, प्रेस चौतारी रासस शाखाका पूर्वअध्यक्ष कालिका खड्का र प्रेस सेन्टर नेपाल रासस शाखाका अध्यक्ष रत्नकृष्ण श्रेष्ठले पत्रकारिता क्षेत्रका साझा चुनौतीलाई उठान गर्दै समाधानका लागि सबै संस्था एक हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : ५० बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन