सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : सांसद पौडेल | Khabarhub Khabarhub

सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : सांसद पौडेल


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समिति राससको केन्द्रीय कार्यालयमा आज आयोजित नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको चौथो अधिवेशनमा उनले राजनीतिक दलसँगै पत्रकारिता क्षेत्रले सुशासन कायम गर्न सहकार्य गर्नुपर्ने बताए ।

“कुनै पनि सन्दर्भमा भ्रष्टाचार स्वीकार्य हुँदैन । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति निर्माण गर्न नसकेसम्म सुशासन कायम गर्न सकिँदैन”, उनले भने, “त्यसैले सुशासन कायम गर्ने सन्दर्भमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ ।”

नागरिकको समस्या र आवश्यकताका विषयमा आम सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले अधिवेशनबाट आउने नयाँ नेतृत्वलाई राजनीतिक निकटताभन्दा पनि वर्गीय हितमा केन्द्रित रहन सुझाव दिए ।

कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले कर्मचारीको क्षमता अभिवृद्धिमा आफूले विशेष ध्यान दिएको बताए । “राससलाई २१औँ शताब्दी सुहाउँदो र प्रतिस्पर्धी समाचार एजेन्सी बनाउने काम गरिरहेका छौँ । पछिल्लो समय बहुभाषामा समाचार सम्प्रेषण गर्ने तयारी भइरेको छ”, उनले भने ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससले पछिल्लो समय कर्मचारीको वृत्तिविकास र संस्थाको हितमा राम्रा काम अघि बढाएको बताए । राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले संस्थाले सरकारबाट जति अनुदान प्राप्त गरिरहेको छ, त्यसको तुलनामा कर्तव्य र जिम्मेवारी अब्बल ढङ्गले पूरा गरिरहेको बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नागिरक अभिव्यक्तिलाई प्राथमिकता दिन सुझाव दिए । यस्तै, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको सीप र क्षमता अभिवृद्धिमा जोड दिए ।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तूफानले राससका सेवालाई निःशुल्क बनाउँदा राससको गरीमा खस्कने बताए । युनियन राससका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद मिश्रले प्रेस स्वतन्त्रता, विधिको शासन र श्रमजीवि पत्रकारको हकहितका लागि प्रेस युनियनले स्थापनाकालदेखि निरन्तर काम गरिरहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईं, प्रेस चौतारी रासस शाखाका पूर्वअध्यक्ष कालिका खड्का र प्रेस सेन्टर नेपाल रासस शाखाका अध्यक्ष रत्नकृष्ण श्रेष्ठले पत्रकारिता क्षेत्रका साझा चुनौतीलाई उठान गर्दै समाधानका लागि सबै संस्था एक हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : ५० बजे

भुटानी शरणार्थी नेता पौड्यालको ‘पर्दापछाडिको भुटान’ सार्वजनिक

ललितपुर– लेखक तथा भुटानी शरणार्थी नेता बलराम पौड्यालको खोजमूलक ग्रन्थ

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।