हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान « Khabarhub

हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।

अगामी आर्थिक बर्ष २०८०/०८१ बट नगरपालिकाभित्र रहेका हल गोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने र प्रोत्साहन भक्त वितरण गर्ने नगरपालिका प्रमुख गमानसिंह अर्यालले बताए । गाँउका खेतबारी विभिन्न अन्नबालीले हराबरा बनाउनका लागि नगरपालिकाले गोरु पाल्ने कृषककालाई भत्तको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

अहिले गाँउघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरु संरक्षण र खेत बाँझिना नदिनका लागि गोरुपालनमा भत्तको कार्यक्रम ल्याईएको हो । गोरु पाल्दा सामन्य परिवारलाई मिल्छ । घरको गोरु घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुन्छ भने गोरुको मल खेतबारीमा समेत प्रयोग गर्न पाइन्छ । घरमै गोरुपालन गरीयो भने किसानका खेतबारी बाँझो पनि हुँदैन भने अरुको खेत जोत्द आम्दानी पनि राम्रै हुन्छ ।

नगरपालिकाले किसानलाई अनुदानमा ६ सय वटा हाते ट्याक्टर पनि वितरण गरीसकेको छ । हल गोरु हराउदै गएको अवस्थामा हाते ट्याक्टर प्रयोगम आउन थाले पछि गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जाने क्रम बढेकाले नगरपालिकाले हल गोरुको संरक्षण गर्नका लागि उक्त कार्यक्रम ल्याइएको नगरपालिका उपप्रमुख पदमा गुरुङले बताइन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : २४ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय