हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान « Khabarhub

हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।

अगामी आर्थिक बर्ष २०८०/०८१ बट नगरपालिकाभित्र रहेका हल गोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने र प्रोत्साहन भक्त वितरण गर्ने नगरपालिका प्रमुख गमानसिंह अर्यालले बताए । गाँउका खेतबारी विभिन्न अन्नबालीले हराबरा बनाउनका लागि नगरपालिकाले गोरु पाल्ने कृषककालाई भत्तको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

अहिले गाँउघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरु संरक्षण र खेत बाँझिना नदिनका लागि गोरुपालनमा भत्तको कार्यक्रम ल्याईएको हो । गोरु पाल्दा सामन्य परिवारलाई मिल्छ । घरको गोरु घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुन्छ भने गोरुको मल खेतबारीमा समेत प्रयोग गर्न पाइन्छ । घरमै गोरुपालन गरीयो भने किसानका खेतबारी बाँझो पनि हुँदैन भने अरुको खेत जोत्द आम्दानी पनि राम्रै हुन्छ ।

नगरपालिकाले किसानलाई अनुदानमा ६ सय वटा हाते ट्याक्टर पनि वितरण गरीसकेको छ । हल गोरु हराउदै गएको अवस्थामा हाते ट्याक्टर प्रयोगम आउन थाले पछि गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जाने क्रम बढेकाले नगरपालिकाले हल गोरुको संरक्षण गर्नका लागि उक्त कार्यक्रम ल्याइएको नगरपालिका उपप्रमुख पदमा गुरुङले बताइन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : २४ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत