उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै « Khabarhub

उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादव आजा उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छन् । उनी आज अपराह्न साढे ४ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक विदेश यात्रामा निस्कन लागेका यादवले जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमण गर्नेछन् ।

चीनको कुनमिङ्गमा आयोजना हुने  ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा  ‘२७ औँ चीन कुनमिङ्ग आयातनिर्यात मेला’मा विशेष अतिथिको रुपमा उनी चीन भ्रमणमा जान लागेका हुन् । 

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन् ।

उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटालगायत रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : ४८ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको