जनमत पार्टी सरकारमा सहभागी हुँदै, अनिता देवीले मन्त्रीको सपथ लिँदै | Khabarhub Khabarhub

जनमत पार्टी सरकारमा सहभागी हुँदै, अनिता देवीले मन्त्रीको सपथ लिँदै


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ । जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिने जनाइएको छ ।

सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई  फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुन लागेकी हुन् ।

हिजो बसेको माओवादीको पदाधिकारी बैठकले सामान्य प्रशासन मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरे पछि नवनियुक्त मन्त्री साहलाई प्रधानमन्त्री दाहालले सोही मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : ५९ बजे

काठमाडौं महानगरको नगरसभामा बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको