चीनको सान्सी प्रान्तमा पहिरो जाँदा २१ जनाको मृत्यु « Khabarhub

चीनको सान्सी प्रान्तमा पहिरो जाँदा २१ जनाको मृत्यु


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको सान्सी प्रान्तको सियान क्षेत्रमा भीषण वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो गएको छ । पहिरोमा परी आइतबार साँझसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ । घटनामा ६ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ ।

भारी वर्षा, बाढी र पहिरोले सियान जिल्लाको चाङआन गाउँमा क्षति पुर्‍याएको थियो। पहिरोले राष्ट्रिय राजमार्ग २१० मा रहेका दुई घर र २१ वटा खण्डमा क्षति पुगेको छ ।

सियान ब्यूरो अफ इमर्जेन्सी म्यानेजमेन्टलाई उद्धृत गर्दै भनिएको छ– ‘प्रकोपले तीनवटा विद्युत आपूर्ति पूर्वाधारमा क्षति पुगेको छ। जसका कारण हाल ९ सय घरमा बिजुली छैन ।’

यसैबीच खोज, उद्धार र विपद् राहत कार्यमा लाइफ डिटेक्टर, स्याटेलाइट फोन, स्निफर डगलगायतका एक हजार थान उपकरण परिचालन गरिएको छ । शहरमा अनसाइट कमाण्ड सेन्टर पनि स्थापना गरिएको छ । खोज, उद्धार र विपद् राहत कार्यमा ९८० जनाभन्दा बढी कर्मचारीसहित र प्रहरी विभागसहित १४ वटा उद्धार टोली खटाइएको छ ।

आइतबार साँझसम्म १ सय ८६ जना बासिन्दालाई अन्यत्र सारिएको छ । राष्ट्रिय राजमार्ग २१० को तीन वटा गम्भीर क्षतिग्रस्त खण्ड पुनर्निर्माण गरिएको छ।

सामान्य क्षति भएका २१ सडक खण्डमा अहिले पनि काम भइरहेको छ भने ४९ प्रभावित क्षेत्रमा सञ्चार सेवा सुचारु गरिएको छ । यसैबीच ८ सय ५५ घरमा विद्युत् आपूर्ति सुचारु भएको छ ।

गाउँका दुई घर बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साथै वरपरका सडक, पुल, विद्युत् आपूर्ति र अन्य पूर्वाधारमा क्षति पुगेको छ । शान्सीमा सशस्त्र प्रहरी बलको सियान डिटेचमेन्टले प्रभावित क्षेत्रमा १०० भन्दा बढी कर्मचारी तैनाथ गरेको छ। प्रभावित क्षेत्रमा प्रारम्भिक खोज तथा उद्धार कार्य भइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : ५६ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

प्राधिकरणले नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण गर्दै

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी

प्रिमियर लिगः भिल्ला, वुल्भस् र ब्राइटन विजयी

काठमाडौं – इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका तीन

तराईमा हुस्सु र कुहिरो तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित

काठमाडौं – इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा बोर्नमाउथलाई