माधव नेपाल आज स्वदेश फर्किँदै « Khabarhub

माधव नेपाल आज स्वदेश फर्किँदै


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कँदै छन् ।

भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन् ।

एक साता अघि स्विट्जरल्याण्ड लगायत युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानविनको दायरामा परेपछि अचानक स्वदेश फर्कने निर्णयमा पुगेका हुन् । 

पूर्वनिर्धारित कार्यक्रम अनुसार साउन २२ गते युरोप गएपनि त्यसको एक दिन अघि सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानविन गर्ने बाटो खोलिदिएको थियो । 

सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट विदेश गए पछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरे पछि अध्यक्ष नेपालले त्यसको प्रतिवाद गर्दै आएका थिए ।

युरोपबाटै उनले आफू निर्दोष भएको जनाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुसन्धानमा सहयोग गर्ने जनाउँदै आएका छन् । गत साउन २१ गते अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूमाथि अनुसन्धान गर्न आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : ०७ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा