शाहरुख खानको चलचित्र ‘जवान’ रिलिजको प्रतीक्षामा दर्शक « Khabarhub

शाहरुख खानको चलचित्र ‘जवान’ रिलिजको प्रतीक्षामा दर्शक


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता शाहरुख खानको चलचित्र ‘जवान’ आगामी ७ सेप्टेम्बरमा रिलिज हुँदैछ । दर्शकहरू सो चलचित्रको प्रतीक्षामा छन् । यस चलचित्रमा शाहरुख फेरि एकपटक एक्सन अवतारका रुपमा दर्शकमाझ प्रस्तुत हुँदैछन् ।

शनिबार ‘जवान’को दोस्रो गीत ‘छलेया’ रिलिज भएको थियो । यसका साथै ‘जवान’को एक दृश्य सामाजिक सञ्जालमा लिक भएको छ । चलचित्रको एक क्लिप कसैले ट्विटरमा अपलोड गरेपछि शाहरुखको प्रोडक्सन हाउस रेड चिल्लीज इन्टरटेनमेन्टले यसविरुद्ध मुम्बई प्रहरीमा उजुरी दिएको छ । उजुरीमा कपीराइट अधिकारको उल्लंघन गरेको आरोप लगाइएको छ ।

जवानको छायांकन सेटमा कुनै पनि मोबाइल फोन वा रेकर्डिङ सामग्री प्रयोग गर्न निषेध गरिएको थियो । त्यसका बाबजुद पनि चलचित्रको क्लिप लिक भएर भाइरल भएपछि शाहरुख चिन्तित बनेका छन् ।

पाँचवटा ट्विटर एकाउन्टबाट यो क्लिप सेयर भएको छ । यस विषयमा प्रहरीले आईपीसीको सेक्सन ३७९ (चोरी) र सूचना प्रौद्योगिकी नियमको ४३ (बी) अनुसार मुद्दा दर्ता गरेको छ । यसबारे अरु अनुसन्धान अघि बढ्ने मुम्बई प्रहरीले जनाएको छ ।

शाहरुखको एक्सन अवतार रहेको चलचित्र ‘जवान’को ट्रेलर गत महिना रिलिज भएको थियो । एटलीले निर्देशन गरेको यो चलचित्रमा शाहरुखका साथै दक्षिण भारतीय सुपरस्टार नयनतारा र विजय सेतुपतिको शीर्ष भूमिका छ । चलचित्रमा सुनिल ग्रोवर, दीपिका पादुकोण, प्रियमणि र सान्या मल्होत्राले समेत अभिनय गरेका छन् ।  (स्रोतः एनआई)

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : ३३ बजे

शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

काठमाडौं– मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक