ललिता निवास प्रकरणमा मैले केही बिराएको छैन : अध्यक्ष नेपाल « Khabarhub

ललिता निवास प्रकरणमा मैले केही बिराएको छैन : अध्यक्ष नेपाल


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

आज युरोप भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सो जग्गा प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्ट पारेका हुन् । 

उनले जग्गा प्रकरणमा आफ्नो नाम मुछिए पनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए । उनले भने,  ‘‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ ।’

आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर हल्ला चलाएकाले पूर्वनिर्धारित युरोपका केही देशका भ्रमण कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको
उनले जानकारी दिए ।

अध्यक्ष नेपालले आफू यसअघि नै स्वदेश आउन खोजे पनि जहाजको टिकट प्राप्त नहुँदा ढिला भएको बताए । उनले ललिता निवास जग्गा प्रकरणमा निर्दोष नफसोस् र दोषी नउम्कियोस् भन्ने धारणामा आफू दृढ रहेको बताए ।

अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताए । उनले भने, ‘गोली चल्ने बेलामा, गोली खानी बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन ।’

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ११ : ३० बजे

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा