युवापुस्ताले बच्चा जन्माउँन छाडेसँगै चीन जन्मदर घट्ने चपेटामा  « Khabarhub

युवापुस्ताले बच्चा जन्माउँन छाडेसँगै चीन जन्मदर घट्ने चपेटामा 


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजीङ – चीन जन्मदर घट्ने चपेटामा परेको छ। चीनले एक सन्तान नीति परित्याग गरेपनि विगत पाँच वर्षमा जन्मदर ४० प्रतिशतमा झरेको छ । आधिकारिक प्रक्षेपणहरुले सन् २०२३ मा चीनमा नवजात शिशुको संख्या ७० लाखदेखी ८० लाख बीच हुने अनुमान गरेका छन् जुन ८५ वर्षमा सबैभन्दा कम वृद्धिदर हो। चीनमा ८० लाखभन्दा नवजात शिशु जन्मेको अन्तिम उदाहरण सन् १९३९ मा थियो जुन युद्धको अवधिमा थियो। 

चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय तथ्यांक ब्यूरोले एउटा प्रतिवेदनमा सन् २०२२ मा चीनको जनसङ्ख्या २०२१ को तथ्यांकको तुलनामा ८५ लाखले घट्ने अनुमान गरेको थियो जुन ४२ वर्षकै कम थियो।  सन् २०२२ मा चीनमा ९५ लाख बालबालिकाको जन्म भएको थियो भने सन् २०२१ मा १ करोड ६२ लाख बालबालिकाको जन्म भएको थियो। 

चीनको एक बच्चा नीतिमा सन् २०१५ मा परिवर्तन गरेको थियो। सन् २०१५ मा चीन सरकारले  ‘एक सन्तान’ नीति खारेज गरेको थियो। यो अवस्थालाई चीनको ‘ऋणात्मक वृद्धिको युग’ को रुपमा लिइएको छ। उच्च युवा बेरोजगारी दर, ढिला विवाह, न्यून पारिश्रमीक, महङ्गी आदि कारणले चीनमा विवाह गर्ने  र बच्चा जन्माउने योजनाबाट युवा पुस्ता निरुत्साहित हुँदै जाँदा नवजात शिशुहरूको सङ्ख्या झन घट्दै जान थालेको छ। 

सन् १९७९ मा चीनमा जनसङ्ख्या वृद्धि रोक्न एक सन्तान नीति ल्याइएको थियो जुन अहिले चीनको समस्याको रुपमा देखिन थालेको छ। सो समयमा चीनले जनसंख्या वृद्धिदर रोक्न एक भन्दा बढी बच्चा जन्माएकोमा जागिरबाट निकालियो, महिलाहरूलाई गर्भपतन गर्न बाध्य पार्ने, पुरुषहरूलाई भ्यासेक्टोमी गर्न बाध्य पार्ने तथा परिवार नियोजन लगायतमा विधिहरू समेत लगाएर कडाइ गर्ने गरेको थियो।

चीनमा छोरीभन्दा छोरालाई प्राथमिकता दिने रुढीवादी परम्परा पनि कायमै छ जसका कारण गर्भपतन आदी समेतको समस्यामा फँसेको छ। घट्दो जन्मदरलाई पुरानै लयमा फर्काउन प्रोत्साहनका नीति ल्याउन भने चीन सरकार असफल भएको छ। 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १ : ३८ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने